arrow

जिम्बावे क्रिकेटमाथि आइसीसीद्धारा प्रतिबन्ध

logo
प्रकाशित २०७६ साउन ३ शुक्रबार
zimbabwe2.jpg

काठमाडौं । जिम्बावे क्रिकेटमाथि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले प्रतिबन्ध लगाएको छ । आइसीसीले तत्काल लागु हुने गरी जिम्बावेमाथि प्रतिबन्ध लगाएको जनाएको छ । 

यसबाट जिम्बावे आइसीसीबाट प्राप्त हुने अनुदान, लगानी सबै रोकिएको छ । त्यसैगरी आइसीसीबाट हुने कुनै पनि प्रतियोगिता वा गतिविधिमा जिम्बावेलाई भागलिनबाट बञ्चित गरिएको छ । 

त्यसले अगष्टमा हुने महिला टी–२० विश्वकप छनोट क्रिकेट र अक्टोबरमा हुने पुरुष टी–२० विश्वकप छनोट क्रिकेटमा सहभागीता जनाउन नपाउने भएको छ । 

लण्डनमा एक हप्तासम्म भएको आइसीसीको बोर्ड बैठकले जिम्बावे क्रिकेटलाई प्रतिबन्ध लगाएको हो । आइसीसीको आर्टिकल २.४ (सी) र (डी) अनुसार सरकारको हस्तक्षेप स्वीकार्य नहुने भन्दै आइसीसीले जिम्बावेमाथि कार्वाही गरेको हो । 

जिम्बावे सरकारले क्रिकेटमाथि हस्तक्षेप गरेको स्पष्ट पार्दै आइसीसीका अध्यक्ष शशान्क मनोहरले क्रिकेटलाई स्वतन्त्र राख्नुपर्ने भन्दै सरकारको हस्तक्षेप सहन योग्य नहुने बताए । 

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ