arrow

विस्फोटमा संलग्न एक संदिग्ध पक्राउ

logo
प्रकाशित २०७२ चैत १४ आइतबार
belgium.jpg.jpeg
ब्रसेल्स  । बेल्जियमको दक्षिणपूर्वी नगर लिजको बाहिरी इलाकामा गत शनिबार लगातार तीन पटक बम विस्फोट भएको छ । यसैक्रममा एक संदिग्ध व्यक्ति पक्राउ परेको स्थानीय समाचार संस्थाले ला एभेनिरले जनाएको छ । उक्त विस्फोटबाट एक जना पैदल यात्रीलाई सामान्य चोटपटक लागेको र कसैले के कति कारणले उक्त विस्फोट गराएको हो, सो भने खुलाशा भएको छैन् । पहिलो विस्फोट दक्षिणीपूर्वी बेल्जियमको आङ्ग्लोर सहरमा रातको ११:४० बजे भएको थियो । 
 
त्यसको आधा घन्टापछि वेन होसेमा र तेस्रो विस्फोट जुपिल कोएफ सडकमा मध्यरात १२:३० बजे गराइएको थियो । उक्त तीन विस्फोट मध्ये एउटाले एक जना व्यक्तिलाई सामान्य चोटपटक लाग्नुका साथै एक स्थानीय व्यक्तिको सपत्ती केही क्षति भएको जनाइएको छ । पक्राउ परेको व्यक्तिसँग सोमबार सोधपुछ गरिने बताइएको छ । हालसम्मको आङ्कलनमा यस विस्फोटहरु गत मङ्गलबार राजधानी ब्रसेल्समा भएको आतङ्ककारी आक्रमणसँग सम्बद्ध नभएको बताइएको छ । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ