arrow

प्रधानसेनापति क्षत्री पहिलो चीन भ्रमणमा, वलदेव राज महत कामु सेनापति

logo
प्रकाशित २०७२ चैत १४ आइतबार
sena-pati-go-to-china.jpg.jpeg
काठमाडौं । प्रधान सेनापति एवं महारथी राजेन्द्र क्षत्री मित्रराष्ट्र चीन औपचारिक भ्रमणमा गएका छन् । क्षेत्रीलाई सरकारले नै पठाएको हो । चीनिँया जनमुक्ति सेनाका मूख्य जनरल फाङ फेङगुईको औपचारिक निमन्त्रणामा प्रधानसेनापति क्षत्री पाँच दिने भ्रमणमा निस्केका हुन् । क्षत्री चैत १९ गतेसम्म चीन भ्रमणका औपचारिक गतिविधिमा संलग्न हुने छन् । ८ सदस्यीय भ्रमण दल सहित दिउँसो मित्रराष्ट्र चीनतर्पm प्रस्थान गरेका क्षत्री बेइजिङ्ग पुगेका छन् । 
 
प्रधान सेनापति क्षत्रीलार्ई बलाधिकृत रथी वलदेव राज महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरे । यसअघि, प्रधान सेनापति क्षत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियोे । सो अवसरमा नेपालस्थित चीनका चार्ज डि अफायर्स, रक्षा सचिव जयमुकुन्द खनाल, नेपाली सेनाका रथीहरुलगायत नेपालस्थित आवासीय सैनिक सहचारीहरु सहभागि थिए ।  
 
प्रधान सेनापतिको नियुक्ति पश्चात् मित्रराष्ट्रहरुको भ्रमणको सिलसिलममा क्षत्रीको पहिलो भ्रमण हो । भ्रमणका क्रमा प्रधान सेनापति क्षत्रीले चीनका विभिन्न सैनिक संरचनाको भ्रमण लगायत उच्चस्तरिय पदाधिकारीहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । 
 
सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तीमा यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र चिनियां सेनाबीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको– उल्लेख छ । भ्रमण अवधिभर प्रधान सेनापतिको अनुपस्थितीमा बलाधिकृत रथी वलदेव राज महतले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ