arrow

अमेरिकी ड्रोन इरानले खसालेको भन्दै ट्रम्प उत्तेजित, सुरक्षित फर्केको इरानको दाबी

logo
प्रकाशित २०७६ साउन ३ शुक्रबार
Iran-america-deal.jpg

एएफपी । अमेरिकाले इरानको मानवरहित विमान (ड्रोन) खसालेको भनी गरेको दाबी इरानको सशस्त्र बलले अस्विकार गरेको छ । सबै ड्रोन शिवीरमा सुरक्षित रुपमा फर्केको यहाँको समाचार समितिले जानकारी दिएको छ ।

अमेरिकी जल सेनाले स्ट्रेट अफ होर्मुज भनिने समुद्री मार्गमा इरानको ड्रोन खसालेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका थिए । उक्त ड्रोन अमेरिकी पानीजहाज भन्दा करिब एक किलोमिटरनजिकै उड्न थालेपछि खसालिएको ट्रम्पले बताएको समाचारमा जनाइएको छ ।  

यस घटनाले इरानले अमेरिकालाई उत्तेजित बनाउने प्रयत्न गरेको बताउँदै आफ्ना अधिकारी, सामग्री र स्वार्थको रक्षा गर्ने अधिकार अमेरिकासँग रहेको ह्वाइट हाउसस्थित राष्ट्रपति ट्रम्पले बताएका छन् ।

तर आफ्ना सबै ड्रोन सुरक्षित फर्केको इरानका सशस्त्रबलका प्रवक्ता ब्रिगेडियर जनरल अबोलफज्ल सिकार्चीले बताए।   इरानको कुनै पनि ड्रोन अमेरिकी पानी जाहाजसँग आमनेसामाने नभएको सिकार्चीले बताउनु भएको छ । ट्रम्पका अनुसार बिहीबार ‘युएसएस बक्सर’ले आफ्नो आत्मरक्षाको लागि आक्रमण गरेको बताउनु भएको छ ।

इरानका उपविदेश मन्त्री अब्बास आरागचीले ड्रोन खसालेको यस दाबीको अस्विकार गरेका छन् ।  अमेरिका र इरानबीच सम्बन्ध तनावग्रस्त रहेको र यी घटनाहरूका कारण उक्त क्षेत्रमा सैन्य सङ्घर्ष सुरु हुनसक्ने भय उत्पन्न भएको छ ।

अमेरिकाले सन् २०१५ मा इरानसँग भएको बहुपक्षीय पारमाणविक सम्झौताबाट भिन्न भएर तेहरानमाथि कडा प्रतिबन्ध लगाएयता तनाव बढ्दै गएको हो ।

इरानले यसअघि आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको भन्दै अमेरिकी ड्रोनलाई स्ट्रेट अफ होर्मुजमै खसालेको थियो । तर अमेरिकाले भने उक्त ड्रोन आक्रमणमा पर्दा इरानको हवाई क्षेत्रभन्दा बाहिर पर्ने समुद्री क्षेत्रमा रहेको बताउँदै आएको  छ ।एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ