arrow

एक वर्षमा ८६ अर्बले थप घाटामा गयो मुलुक, आयात १२९९ अर्ब नाघ्यो 

logo
प्रकाशित २०७६ साउन ३ शुक्रबार
business-ghata.jpg

काठमाडौं । आर्थिक वर्षको पहिलो ११ महिनामा मुलुक ८४ अर्बले घाटामा गएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले शोधनान्तर घाटा ९० अर्ब रुपैयाँ पुगेको देखाएको हो । अघिल्लो आर्थिक वर्षको पहिलो ११ महिनामा यो घाटा जम्मा ४ अर्बमा थियो । 

शोधनान्तर स्थिति रु.९० अर्ब ८३ करोडले घाटामा रहेको छ । जस मध्ये कुल विदेशी विनिमय सञ्चिति रु.१०३० अर्ब ८८ करोड कायम भएको छ । उक्त संचिति ७.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । यो ११ महिनामा आयातको वृद्धिदर १७.३ प्रतिशत र निर्यातको वृद्धिदर १८.७ प्रतिशत रहेको छ । 

त्यस्तै, वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६.२ प्रतिशत रहेको छ । एघार महिनाको औसत मुद्रास्फीति भने ४.५ प्रतिशतमा सीमित भएको छ । अहिलेको मूल समस्या भनेको नै शोधनान्तर स्थिति निकै बढ्नु र आयात धेरै बढ्नु हो । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन १३.३ प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा १८.२ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १९.० प्रतिशत र कर्जाको वृद्धिदर २०.८ प्रतिशत रहेको छ ।

कुल विदेशी विनिमय सञ्चिति रु.१०३० अर्ब ८८ करोड कायम भएको छ । उक्त संचिति ७.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ । बैंकिङ्ग कारोबारमा आधारित संघीय सरकारको खर्च रु. ७९२ अर्ब ६३ करोड र राजस्व संकलन रु.७४५ अर्ब ५९ करोड रहेको छ । त्यस्तै, विस्तृत मुद्राप्रदाय ११.२ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा विस्तृत मुद्राप्रदाय १६.७ प्रतिशतले बढेको छ ।

अर्काे तर्फ २०७६ जेठ महिनामा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क ९.५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क ६.३ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा तलब सूचकाङ्क ६.६ प्रतिशत र ज्यालादर सूचकाङ्क १०.३ प्रतिशतले वृद्धि भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ