arrow

एयरस्पेस बन्द गर्दा पाकिस्तानलाई झण्डै १३ अर्बको नोक्सानी 

logo
एजेन्सी
प्रकाशित २०७६ साउन ४ शनिबार
pakistan12.jpg

काठमाडौं । पाकिस्तानले गरेको वायु क्षेत्रमा प्रतिबन्धको निर्णयले झण्डै १३ अर्ब नेपाली रुपैयाँबराबरको नोक्सानी भएको एक प्रतिवेदनले देखाएको छ । शुक्रवार सार्वजनिक भएको मिडिया रिपोर्टले यस्तो देखाएको हो । 

गत फेब्रुअरीमा भारतको पुलावामामा भएको आक्रमणपछि दुई मुलुकको सम्बन्ध बिग्रिएसँगै पाकिस्तानले आफ्नो वायु क्षेत्रमा प्रतिबन्धको निर्णय गरेको थियो । 

पाकिस्तानले २६ फेब्रअरीदेखि आफ्नो वायु क्षेत्र पूर्णरुपमा बन्द गरेको थियो । दुई मुलुकको तनाव साम्य भएको लामो समयपछि गत मंगलबार पाकिस्तानले आफ्नो प्रतिबन्ध खुला गर्ने निर्णय गरेको थियो । पाकिस्तानका विमान प्राधिकरणले यो प्रतिबन्धको कारण १३ अर्ब नेपाली रुपैयाँभन्दा बढीको नोक्सानी भएको बताएका हुन् । 

पकिस्तानी वायु मन्त्रीले पाकिस्तानको लागि यो निकै ठूलो नोक्सानी रहेको बताएका छन् । उनले यसबाट भारतलाई पनि दोब्बर नोक्सानी भएको बताएका छन् । 

तर, अब दुवै पक्षको बीचमा सौहार्दपूर्ण वातावरण आवश्यक रहेको उनको भनाइ छ । उनले सुरक्षा एजेन्सीलाई अन्तर्राष्ट्रिय मानकअनुकूल बनाउन विमान नीति २०१९ अनुसार आधुनिक उपकरण एवं स्क्यानर्सको प्रयोग गरिने बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ