arrow

अफ्रिका कप अफ नेसन्सको उपाधि अल्जेरियालाई, सेनेगल फेयर प्लेमै समेटियो

logo
प्रकाशित २०७६ साउन ४ शनिबार
algeria-africa-cup-of-nations.jpg

काठमाडौं । अफ्रिका कप अफ नेसन्स फुटबलको उपाधि अल्जेरियाले जितेको छ । शुक्रबार राति इजिप्टको कायरोमा सम्पन्न फाइनल खेलमा सेनेगललाई १–० गोल अन्तरले हराउँदै अल्जेरियाले दोस्रो पटक उपाधि जितेको हो । 

Algeria captain Riyad Mahrez is handed the trophy by CAF president Ahmad Ahmad

सन् १९९० मा पहिलो उपाधि उचालेको अल्जेरिया दोस्रो पटक च्याम्पियन बन्न सफल भएको हो ।

खेलको दोस्रो मिनेटमै बगदाद बौनेदजाहले गरेको गोल नै निर्णायक गोल बन्यो । त्यसपछिको खेल निरस जस्तै थियो । दोस्रो हाफमा ह्याण्ड बल भएको भन्दै अल्जेरियाले पेनाल्टीको अवसर पाए पनि भीएआरको मद्धतले रेफ्रीले निर्णय उल्टाएका थिए ।

The Algeria players throw their coach Djamel Belmadiin into the air after securing victory

 च्याम्पियन अल्जेरियाका मिडफिल्डर स्मेल बेनेसर सर्वोकृष्ट खेलाडी चुनिएका छन् । अल्जेरियालाई उपाधि दिलाउन मुख्य भूमिका खेलेका बेनेसर प्लेयर अफ दि टुर्नामेन्ट बनेका हुन् ।

Algeria captain Riyad Mahrez celebrates winning the Africa Cup of Nations

इटालियन क्लब इम्पोलीका मिडफिल्डर बेनेसर अफ्रिका कपमा सर्वोकृष्ट चुनिने दोस्रो अल्जेरियन खेलाडी हुन् । यसअघि सन् १९९० मा राबह मड्जेर सर्वोकृष्ट चुनिएका थिए ।

Algeria have now won the Africa Cup of Nations twice, having first claimed it in 1990

यस्तै नाइजेरियाका ओडिओन इघालोले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जितेका छन् । उनले प्रतियोगितामा ५ गोल गरेका थिए ।

अल्जेरियाका गोलकिपर रेइस एमुबोल्ही उत्कृष्ट गोलकिपर चुनिए।

प्रतियोगिताको फाइनलमा पराजित भएको सेनेगलले फेयर प्ले अवार्ड भने जितेको छ । इंगलिश क्लब लिभरपुलका खेलाडी सादियो मानेले सेनेगललाई उपाधि दिलाउन नसके पनि फेयरप्ले को उपाधि भने दिलाए । 

Liverpool attacker Sadio Mane was Senegal's danger man but struggled to influence the match



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ