arrow

तीन इन्जिनियर घुस लिँदा लिँदै अख्तियारको फन्दामा

logo
प्रकाशित २०७६ साउन ४ शनिबार
ciaa-office-hq.jpg.jpeg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्णाली नदी व्यवस्थापन कार्यालय बर्दियाका तीन इन्जिनियरलाई पक्राउ गरेको छ । शनिबार अख्तियारले इन्जिनियर कमल सिटौला, इन्जिनियर विश्वेश्वर प्रसाद शाह, इन्जिनियर हरी प्रसाद चौधरी र सवारी चालक टंक प्रसाद ओझासमेत घुस रकम सहित नियन्त्रणमा लिइएको हो ।

कर्णाली नदी व्यवस्थापन कार्यालय बर्दियाका इन्जिनियर कमल सिटौला, इन्जिनियर विश्वेश्वर प्रसाद शाह, इन्जिनियर हरी प्रसाद चौधरी र सवारी चालक टंक प्रसाद ओझासमेतले निर्माण योजना तारजाली भर्ने कामको विल रकम भुक्तानी गरे वापत सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियारको टोली त्यसतर्फ गएको थियो । 

आयोगको सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिइ गएको टोलीले निजहरू इन्जिनियर कमल सिटौला, इन्जिनियर विश्वेश्वर प्रसाद शाह, इन्जिनियर हरी प्रसाद चौधरी र सवारी चालक टंक प्रसाद ओझासमेतलाई १५ लाख घुस बापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित बर्दिया जिल्ला गेरूवा गाउँपालिका वडा नं. १ बाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ