arrow

अन्तर्राष्ट्रिय च्याम्पियन्स कपमा आर्सनलसहित यी क्लबहरु विजयी

logo
प्रकाशित २०७६ साउन ५ आइतबार
arsenal18.jpg

काठमाडौं । प्रिसिजन फुटबल अन्तर्गत अन्तर्राष्ट्रिय च्याम्पियन्स कपमा इंगलिश क्लब आर्सनलले सहज जित निकाल्न सफल भएको छ ।

शनिबार राति अमेरिकामा भएको खेलमा आर्सनलले इटालियन क्लब फ्लोरेन्टिनालाई ३–० गोल अन्तरले पराजित गर्न सफल भएको हो । 

एकतर्फी खेल खेलेको आर्सनलका लागि एडी निकेतेहले दुई गोल गरेका थिए । 

खेलको १५ औं मिनेटमा निकेतेहले पहिलो गोल गरेका थिए । यसअघि बार्यन म्युनिखलाई पराजित गर्ने क्रममा पनि उनैले गोल गरेका थिए । 

Eddie Nketiah celebrates his first goal in Arsenal's win over Fiorentina in North Carolina

६५ औं मिनेटमा निकेतेहले आर्सनलको अग्रता दोब्बर पारे । ८९ औं मिनेटमा विलोले गोल गर्दै आर्सनललाई ३–० को सहज जित दिलाए । आर्सनलले प्रि–सिजनको दोस्रोखेलमा सहज जित निकाल्न सफल भएको हो ।

Arsenal full back Nacho Monreal challenges for the ball with Fiorentina winger Ricardo Sottil

शनिबार रातिको अर्को खेलमा इंगलिश क्लब म्यान्चेस्टर युनाइटेडले इटालियन क्लब इन्टर मिलानलाई १–० गोल अन्तरले हरायो । 

Greenwood (far left) celebrates with his United team-mates after breaking the deadlock

मासोन ग्रिनउडले ७१ औं मिनेटमा गोल गर्न सफल भएका थिए । 

अर्को खेलमा बेनेफिकाले सीडी गुवाडालाजारालाई ३–० गोल अन्तरले हरायो । 

The 17-year-old smartly finished in the second half to give United the win in Singapore

त्यस्तै प्रतियोगिता अन्तर्गतको अर्को खेलमा स्पेनिश क्लब रियाल मड्रिडले जर्मन क्लब बायर्न म्युनिखसंग खेलेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ