arrow

ब्रिटिश एयरवेजका सम्पूर्ण उडान एक साताका लागि स्थगित

logo
प्रकाशित २०७६ साउन ५ आइतबार
british-airways2.jpg

काठमाडौं । ब्रिटिश एयरवेजले एक साताका लागि आफ्ना सम्पूर्ण उडान स्थगित गरेको छ । सुरक्षाको कारण देखाउँदै ब्रिटिश एयरवेजले इजिप्टको कायरोका लागि आफ्ना सम्पूर्ण उडान स्थगित गरेको जनाएको छ ।

कस्तो खालको सुरक्षा चुनौती भन्ने नखुलाई एयरवेजले एक सूचना प्रकाशित गरी आगामी एक साताका लागि इजिप्टका लागि उडानहरु स्थगित गरेको जनाएको हो ।

एयरवेजले सुरक्षाका दृष्टिले उडानहरु स्थगित गरिएको जनाउँदै आफ्ना चालक दलका सदस्यको ज्यान बाजी राखी उडान भर्न नसक्ने जनाएको हो ।

उडान स्थगित गरेसँगै हजारौं यात्रु प्रभावित भएका छन् । केही यात्रुले बोर्डिङ पास समेत लिइसकेपछि उडान रद्द गरिएको थियो । यसप्रति उनीहरुले आक्रोश पोखेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ