arrow

सिटिजन्स बैंकको वित्तीय सूचक निराशाजनक 

logo
प्रकाशित २०७६ साउन ५ आइतबार
citizen-bank-international.jpg

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले आर्थिक वर्ष २०७५र७६ को वित्तीय सूचक सार्वजनिक गरेको छ । आईतबार बैंकले आर्थिक वर्षको अन्तिम चौमासिक सहितको विवरण सार्वजनिक गरेको हो । सो विवरण अनुसार बैंकको वित्तीय सूचक त्यति उत्साहजक छैन । 

लेखा परीक्षण नगरिएको विवरण अनुसार बैंकले अन्तिम चौमासिकसम्म १ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको छ । जुन अघिल्लो वर्षको नाफाभन्दा २१ प्रतिशतले बढी हो । बैंकले गत आर्थिक वर्ष २०७४र७५ मा बैंकको नाफा १ अर्ब २२ करोड रुपैयाँ थियो ।

बैंकको अहिलेको स्थितिलाई हेर्दा सञ्चालनमा रहेका बैंकहरुसँग प्रतिस्पर्धा गर्नको लागि आक्रामक रुपमा बजार विस्तार गर्नुपर्ने बैंकले विस्तृत मुद्रा प्रदाय जति पनि निक्षेप बृद्धि गर्न सकेको छैन । बैंकको अघिल्लो आर्थिक बर्षको अन्तिम चौमासिकमा ६० अर्ब ६९ करोड रुपैयाँको निक्षेप संकलन गरेकोमा १० अर्बले बढाएर ७० अर्ब ५० करोड पुर्याएको छ । 

त्यस्तै, कर्जा तर्फ अघिल्लो वर्ष बैंकले ५५ अर्ब ५९ करोड रुपैयाँ कर्जा दिएकोमा ७ अर्ब रुपैयाँले बढाएर ६२ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । निक्षेप र कर्जाको अनुपात तुलनात्मक रुपमा कम भएको भएपनि सन्तुलित मानिन्छ ।

बैंकको प्रति सेयर आम्दानी १७.८९ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष १५.३७ रुपैयाँ थियो । एनएपिएल १.१९ प्रतिशत रहेको छ । कर्जा निक्षेप अनुपात ७६.७९ प्रतिशत रहेको छ । बैंकले ३.८४ प्रतिशत स्प्रेडमा काम गरेको छ । बेसरेट भने १०.५२ प्रतिशत रहेको छ ।

यसरी समग्रमा विश्लेषण गर्दा आक्रामक रुपमा बजार विस्तार गर्न नसकेको सिटिजन्स बैंकको नाफामा कमजोर देखिएको छ । यस बाहेक कर्जा र निक्षेपको अवस्था पनि कमजोर देखिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ