arrow

गाविस सचिव द्वारा पून:निमार्ण प्राधिकरणका काम बहिष्कार

logo
प्रकाशित २०७२ चैत १४ आइतबार
sachib.JPG.jpeg
दोलखा । दोलखाका गाविस सचिवहरुले आईतबार देखी पूर्न निमार्ण प्राधिकरण संग सम्बन्धित कामहरु नगर्ने बताएका छन् ।  नेपाल सरकार द्वारा गठित पूर्न निमार्ण प्राधिकरणको निर्देशिका स्पष्ट नभएकाले बहिष्कार गर्नु परेको उनीहरुको दाबि छ । सम्पूर्ण दोष गाविस सचिवले ब्यहोर्न पर्ने  लगायतका कारण देखाउर्दै पूर्न निर्माण प्राधिकरणका कामहरु  नगर्ने आज दोलखा सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलन गरि सचिवहरुले जानकारी दिएका छन्   । 
 
गाविस सचिव हक हित संरक्षण केन्द्र दोलखाका अध्यक्ष तिर्थराज घिमिरे भने “एउटै गाविस सचिवले तिन वटा सम्म गासिवसको काम गर्नु पर्ने हुदा पूर्न निमार्णको कामले गाविसका काममा  अप्ठ्यारो परेको छ । उनले भने प्रसासनिक ,योजना सम्झौता कार्यान्वन ,भुक्तानी, लेखा ब्यबस्थापन ,पञ्जिकरण लगायतका कामहरु ठप्प भएको र  अर्का तर्फ प्राधिकरणले  जारी गरेको निर्देशिकामा आफुहरुलाई बेवस्ता गरेकोले  पूर्न निर्माण प्राधिकरणका कामहरु बहिष्कार गरेका हौं । ” 
 
प्राधिकरणले दोलखाको सिंगटीबाट सुरु गरेको अभियान दुई साता बितिसक्न लाग्दा हाल सम्म लादुक गाविसमा २सय ९० जना भुकम्प पिडितहरु संग मात्र प्रथम किस्ताको अनुदान सम्झौता भएको छ । यसलाई हेर्दा सुरु गरिएको गाविस सक्नलाई पनि महिनौं बित्न सक्ने अनमान गर्न सकिन्छ । लादुक गाविसकी सचिव उर्मिला कार्की भन्छिन बिहान सातबजे देखी बेलुकी पाँच बजे सम्म प्रथम किस्ताको अनुदान सम्झौताको काम गर्दा अरु गाविसको काम अलपत्र परेका हो । उनले भनिन बिदाको दिनमा समेत निरन्तर काम गर्दा स्वास्थ्यमा समेत असर परेको छ । 
 
पत्रकार सम्मेलन गरि एक गाविस एक सचिवको ब्यवस्था हुनुपर्ने,सचिवहरुलाई सत्प्रतिशत प्रोत्साहन भत्ताको ब्यवस्था हुनु पर्ने, पूर्न निर्माणमा अन्य सहयोगी कर्मचारीको ब्यवस्था गर्नु पर्ने। सूवाका एकरुपता हुनु पर्ने, सुरक्षाको प्रत्याभुती गरिनु पर्ने लगातका माग हरु सरकारले सम्बोधन नगरे सम्म गाविसका प्रशाासनिक काम बाहेक पूर्न निर्माण प्राधिकरण संग सम्बन्धितकाममा नफर्किने बताएका छन् ।  राज्यले गाविस सचिवलाई निजामती कर्मचारी भित्रको सौतेनी ब्यवहार गरेको समेत सचिवहरुले आरोप लगाएका छन् ।
 
प्राधिकरण द्धारा निर्माण गरिएको कार्यविधिमा भुकम्प पिडितको आवास निमार्णको लागी जग्गाधनी पूर्जा अनिवार्य चाहिने जस्ता जटिलताका कारण काम गर्न असहज भएको बताएकाछन । दोलखा जिल्लाका ३४ गाउँ विकास समितीमा गुठीको जग्गा भएको र एउटा भेड्पु गाविस पुरै गुठीको जग्ग रहेकाले आगामी दिन .झन जटिलता  निम्तिने भेड्पुका गाविस सचिव पुरुषोतम दहालले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ