arrow

पुलिसलाई पछार्दै ब्रिगेड बन्यो च्याम्पियन

logo
प्रकाशित २०७६ साउन ५ आइतबार
lalit-memorial-brigade.jpg

काठमाडौं । ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलको चौंथो संस्करणको उपाधि ब्रिगेड ब्वाईज क्लबले जितेको छ ।

आइतबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको फाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै ब्रिगेड च्याम्पियन बनेको हो ।

 ब्रिगेडलाई जित दिलाउन बृजेश चौधरीले २३ औं मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्यो । 

फाइनलमा गोल गरेसँगै बृजेश प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बने । उनले प्रतियोगितामा ८ गोल गरे । 

योसंगै ब्रिगेडले लगातार दोस्रो पटक उपाधि जितेको छ । उपाधिसँगै ब्रिगेडले ३ लाख जित्दा उपविजेता बनेको पुलिसले १ लाख ५० हजार हात पार्यो ।

अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा एन्फाले आयोजना गरेको प्रतियोगितामा ‘एु’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ