arrow

धोनीको स्थानमा रिषभ पन्त

logo
प्रकाशित २०७६ साउन ५ आइतबार
india-kohli.jpeg

काठमाडौं । इंगल्याण्डमा सम्पन्न एक दिवसीय विश्वकप क्रिकेट पछिको पहिलो खेलका लागि भारतले टिमको घोषणा गरेको छ । 

आइतबार वेष्ट इन्डिज विरुद्धको खेलका लागि घोषित टिममा विकेटकिपर ब्याट्सम्यान महेन्द्र सिंह धोनीको स्थानमा युवा खेलाडी २१ वर्षीय रिषभ पन्तलाई ल्याइएको छ । 

धोनी वेष्ट इन्डिज यात्राभर दुई महिना भारतीय सेनामा रहने छन् । पन्तले तीन वटै शैलीको खेलका लागि विकेटकिपरको भूमिका निभाउने छन् । 

विराट कोहलीलाई तीन वटै शैलीका खेलका लागि कप्तान बनाइएको छ । उपकप्तानको जिम्मा रोहित शर्मालाई दिइएको छ । 

भारतले ३ टी–२०, ३ एक दिवसीय तथा २ टेष्ट क्रिकेट खेल्नेछ । टिममा राहुल चहर र नवदीप सैनी पहिलो पटक समेटिएका छन् । 

राहुललाई उनकै भाइ दीपक चहरसंगै टी–२० मा मौका दिइएको हो । ऋद्धिमान साहालाई टेष्टमा स्थान दिँदा दिनेश कार्तिक भने कुनै पनि फर्मेटमा सहभागी हुने छैनन् । 

भारतीय क्रिकेट बोर्ड बीसीसीआईका मुख्य चयनकर्टा एमएसके प्रसादले टी–२० विश्वकपलाई ध्यानमा राखेर खेलाडीहरु छनोट गरिएको बताएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ