arrow

के गर्दैछन दिल्लीमा शेखर कोइराला?

logo
प्रकाशित २०७२ चैत १४ आइतबार
shekhar-Koirala.jpg.jpeg.jpeg
नयाँ दिल्ली। नेपाली काँग्रेसको महाधिवेशनमा सबैभन्दा धेरै मत ल्याएर केन्द्रीय सदस्य भएका शेखर कोइराला यतिखेर भारतको राजधानी दिल्लीमा रहेका छन्। राजनीतिक भेटघाट र कार्यक्रम लिएर दिल्लीमा पुगेका कोइराला नेपाली काँग्रेस र भातृ संगठनका कार्यक्रमहरुमा पनि देखिए। 
 
प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहेका बेला काँग्रेस नेता कोइराला नयाँ दिल्लीमा रहनुलाई धेरैले संयोग मात्र नभएको बताएका छन्। कोइराला यो वेला दिल्लीमा छन जुन वेला भारतीय राजदुत रञ्जित रे नेपालका तराई मधेश केन्द्रीत राजनीतिक दलहरुसँग आगामी आन्दोलनका लागि उक्साएर आफ्नो सरकारलाई नेपाल र चीनको १० वुँदे सम्झौताको बारेमा व्रिफिङ गर्न पुगेको आरोप नेपालका सत्तारुढ दलका नेताहरु लगाइरहेका छन्। नेपालमा एमालेका नेताहरु राजदुत रेको विरुद्ध मोर्चावन्दीमा उत्रिएका छन्। ओली चीन नै भएको बेलामा राजनीतिक चलखेल व्यापक भएको अनुमान गरिरहँदा त्यसै अनुमानलाई वल पुग्ने गरि कोइरालाको भारत भ्रमण भएको टिप्पणी पनि छ। 
 
कोइरालाले दिल्लीमा रहँदा आइतवार नेविसंघले गरेको एक कार्यक्रममा आफ्ना कुरा राख्न भ्याए। काँग्रेसको नेतृत्वमा संविधान जारी भएकोले सफल कार्यान्वयनको नेतृत्व पनि काँग्रेसले नै गर्ने कोइरालाले बताए। सिए नेविसंघको कार्यक्रममा कोइरालाले सरकार परिवर्तनको बारेमा प्रत्यक्ष नखुलेपनि मधेशलाई हेर्ने परम्परागत नजर वदलिनुपर्ने उनको आग्रह थियो।
 
कार्यक्रममा सिए नेविसंघका अध्यक्ष गिरु न्यौपाने विद्यार्थी नेताहरु शंकर तिवारी सन्दिप राना पद्म भट्टराई लगायतले धारणा राखेका थिए। 



नयाँ