arrow

केनको भाग्य चम्कँदा रोनाल्डोलाई स्तब्ध बनायो 

logo
प्रकाशित २०७६ साउन ६ सोमबार
tottenham3.jpg

काठमाडौं । प्रि–सिजन टुर अन्तर्गत अन्तर्राष्ट्रिय च्याम्पियन्स कप फुटबलमा इंगलिश क्लब टोटनह्याम हट्सपर विजयी भएको छ । टोटनह्यामले इटालियन क्लब युभेन्ट्सलाई पराजित गरेको हो ।

Juventus keeper Wojciech Szczesny tried to get back but could prevent the ball from going in

 आइतबार राति भएको खेलमा टोटनह्यामले युभेन्ट्सलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

सिंगापुरमा भएको खेलमा टोटनह्यामलाई जित दिलाउन एरिक लामेला, लुकास मौरा र ह्यारी केनले एक एक गोल गरे । 

Cristiano Ronaldo found the back of the net as Juventus were beat by Tottenham on Sunday

युभेन्ट्सका गोन्जालो हिगुइन र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे ।

यस्तो छ गोल समीकरण
निकै रोमान्चक खेलको ३१ औं मिनेटमा लामेलाको गोलबाट टोटनह्यामले अग्रता बनाएको थियो । 

५६ औं मिनेटमा हिगुइनले गोल गर्दै युभेन्ट्सलाई बराबरीमा ल्याए ।  

Juventus forward Gonzalo Higuain levelled the scores at 1-1 shortly after the half-time break

६० औं मिनेटमा रोनाल्डोले गोल गरेपछि युभेन्ट्स २–१ ले अग्रता लिन सफल भयो ।

६५ औं मिनेटमा मौराले गोल गर्दै खेल २–२ को स्थितिमा ल्याए  ।

Erik Lamela (right) tapped into an empty net to open the scoring on the half-hour mark

त्यसपछि खेलको इन्जुरी समयमा केनले गोल गर्दै टोटनहमलाई ३–२ अन्तरले जिताए । 

केनको भाग्य चम्कँदा रोनाल्डोलाई निराश बनायो । 

Dele Alli manages to cut the ball out as Ronaldo winds up to attempt an overhead kick



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ