arrow

सांसदका स्वकीयले दिए फेसबुकबाट पत्रकारलाई धम्की

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७२ चैत १४ आइतबार
bajhang.jpg.jpeg
बझाङ । समाचार लेखेको भरमा सामाजिक सञ्जाल फेसबुक मार्फत पत्रकार लाई अभद्र शब्द प्रयोग गरी धम्की दिएको भन्दै पत्रकारहरुको पेशागत तीन संगठनले त्यसको बिरोध गरेका छन् । नेपाल प्रेस युनियन, प्रेस चौतारी र क्रान्तिकारी पत्रकार संघले संयुक्त विज्ञप्ती जारी गरी विरोध गरेका हुन् । 
गोरखापत्र दैनिक, रातो पार्टी अनलाइन लगायत विभिन्न सञ्चार माध्यममा सासंदहरुद्धारा सरकारी गाडीको चरम दुरुपयोग भन्ने समाचारको विषय लाई लिएर जिल्लाका प्रत्यक्ष तर्फका सांसद मान प्रसाद खत्रीका स्वकीय सचिव लोकेन्द्र बिष्टले सामाजिक सञ्जाल फेसबुक मार्फत पत्रकारलाई अभद्र शब्द प्रयोग गरि धम्की दिएको भन्दै पत्रकारहरुका पेशागत संगठनले विरोध गरेका छन् ।  
 
यसरी पत्रकारले समाचार लेखेको भरमा फेसबुकमा अपशब्द प्रयोग गरेपछि तीन वटै संगठनका पत्रकारहरुले नेपाल पत्रकार महासंघका अध्यक्ष जगत खडकालाई विज्ञप्ती निकाल्न आग्रह गरेका थिए । अध्यक्षले महासंघबाट विज्ञप्ती निकाल्न अस्वीकार गरेपछि संयुक्तरुपमा विज्ञप्ती निकालिएको हो ।
 
सांसदहरुले पटक–पटक सरकारी गाडी प्रयोग गरि कार्यालयको काम प्रभावित भएको कर्मचारीहरुबाट ब्यापक गुनासो आए पछि समाचार सम्प्रेसण भएको थियो । पत्रकारहरुले सरकारी गाडीको दुरुपयोग भएको समाचारका विषयमा सांसद मानप्रसाद खत्रीको नाम जोडिएको विषयलाई लिएर फेसबुकमा पत्रकारलाई अभद्र शब्द प्रयोग गरी धम्की दिइएको थियो । फेसबुकमा लेखिएको स्ट्याटस नसच्याए साइबर क्राइम अन्र्तगत कारबाही प्रकृया अघि बढाउने विज्ञप्तीमा भनिएको छ ।  जिल्लामा पटक–पटक समाचारको विषयलाई लिएर पत्रकारलाई राजनितिक कार्यकर्ताबाट धम्की आउने गरको छ । 
Displaying 12376310_822128314598384_2476991633601585387_n.jpg



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ