arrow

हङकङमा सेतो टीसर्ट लगाएका आक्रमणकारी सक्रिय, कम्तीमा ४५ जना घाइते

प्रजातन्त्रवादी प्रदर्शनकारीमाथि आक्रमण

logo
प्रकाशित २०७६ साउन ६ सोमबार
hongkong3.jpg

काठमाडौं । लामो समयदेखि चलिरहेको प्रजातन्त्रवादी आन्दोलनमा प्रदर्शनकारीमाथि हङकङको रेलवे स्टेशनमा आक्रमण भएको छ । आइतवार प्रदर्शन गरेर फकिँदै गरेका उनीहरुमाथि सेतो टी–सर्ट लगाएका आक्रमणकारीले अन्धाधुन्ध प्रहार गरेका हुन् । आन्दोलनकारीका साथै उनीहरुले अन्य यात्रुहरुमाथि पनि प्रहार गरेका थिए ।

द साउथ मर्निङ चाइना पोस्टका अनुसार उक्त घटना हुँदा त्यहाँ प्रहरीको पनि उपस्थिति थिएन । आक्रमणकारीले प्रदर्शनकारी र यात्रुहरुमाथि जे भेटिन्छ, त्यसैले प्रहार गरेका थिए । उनीहरुले पत्रकार तथा अन्य सर्वसाधारणमाथि पनि दुव्र्यवहार गरेका थिए ।

केही समयमा प्रहरी आइपुगेको थियो । तर, उनीहरु त्यहाँबाट भागिसकेका थिए । सर्वसाधारणहरुले प्रहरीले उनीहरुलाई प्रदर्शनकारीमाथि आक्रमणको मौका दिएको भन्दै विरोध गरेका थिए । अहिले हङकङमा सरकार पक्षधर समुहले सेतो टी–सर्ट लगाएर सरकारविरोधी आन्दोलनकारीमाथि आक्रमण शुरु गरेका छन् ।

व्यावसायिक सहरको रुपमा चिनिएको हङकङमा सुपुर्दगी विधयेक प्रस्ताव गरिएसँगै आन्दोलनले नयाँ रुप लिएको हो । उक्त विधयेक हङकङले फिर्ता लिए पनि पूर्णरुपमा सो विधयेक फिर्ता नलिइएको भन्दै अझै विरोध जारी रहेको छ । यो विरोधको क्रममा धेरैको ज्यान पनि गइरहेको छ । प्रदर्शनकारीले हङकङका प्रमुखको राजीनामाको माग गरेका छन् । साथै सो विधयेक पूर्णरुपमा फिर्ता लिइनुपर्ने माग गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ