arrow

भारतले चन्द्रमा पठायो १० अर्बको चन्द्रयान २, भारतलाई किन छ यसको महत्व ?

logo
प्रकाशित २०७६ साउन ६ सोमबार
chandrayan-2.jpg

काठमाडौं । भारतले १० अर्ब भारतीय रुपैयाँको लागतमा तयार पारेको चन्द्रयान २ बैज्ञानिक खोजको लागि चन्द्रमा पठाएको छ । सोमबार दिउँसो २ बजेर ४३ मिनेटमा भारतले चन्द्रयान २ को लन्च गरेको हो । यसको लागत ९७८ करोड रुपैयाँ रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

भारतsf] महत्वाकांक्षी मिशन चन्द्रयान-२ लाई एकदमै चुनौतीपूर्ण लक्ष्यमा पठाउनु पर्ने भएकोले पनि भारतीय बैज्ञानिकहरु यसबारेमा धेरै चिन्तित छन् । श्रीहरिकोटाका सतीश धवन अन्तरिक्ष केन्द्रबाट लन्चिङ्ग भएपछि मिशनलाई चन्द्रमासम्म पुग्नको लागि ४० दिनभन्दा धेरै समय लाग्नेछ । यस मिशनको सबैभन्दा तनावपूर्ण क्षण चन्द्रमामा ल्याण्डिङ भन्दा पहिलेको १५ मिनेटको हो । भारतीय अन्तरिक्ष एजेन्सी इसरोका प्रमुख के सिवनले ल्याण्डिङ्गको अन्तिम १५ मिनेट एकदमै चुनौतीपूर्ण मानिन्छ । किनकी यस्तो ल्याण्डिङको अहिलेसम्म भारतसँग छैन । १५ जुलाईमा क्रायोजेनिक इन्जिनमा लीकेजभएपछि चन्द्रयान-२ को लन्चिङ अन्तिम क्षणमा टरेको थियो ।  

सिवनले भने, 'चन्द्रमाको सतहबाट ३० किलोमीटर टाढा चन्द्रयान-२ को ल्याण्डिङ्गका लागि यसको स्पीड कम गरिन्छ । यसलाई चन्द्रमाको सतहमा उतार्नको लागि केही मुस्किल देखिन्छ ।' यस अघि पनि इजरायलको यस्तै मिसन चन्द्रमामा उतार्न नसकेर असफल भएको थियो । अहिलेसम्म ३ देशले मात्रै चन्द्रमामा यस्तो मिसन सफल गराएका छन् । भारतले यसमा सफलता प्राप्त गरेको खण्डमा भारत यसमा चौथो राष्ट्र बन्नेछ ।

यो चुनौतीपूर्ण समय केवल १५ मिनेटको हुन्छ । यो १५ मिनेटको चुनौती पूरा गर्न सफल भएको खण्डमा अमेरिका, रूस र चीनको साथ साथ नै भारत चन्द्रमामा सफल अवतरण गराउने पहिलो मुलुक बन्नेछ । 

चन्द्रमाको सतह छुनु पहिले के हुन्छ ?

पृथ्वी र चन्द्रमाबीचको दूरी लगभग ३ लाख ८४ हजार किलोमिटर छ । चन्द्रयान-२ मा ल्याण्डर - विक्रम र रोवर-प्रज्ञान चन्द्रमासम्म जानेछ । चन्द्रमाको सतहमा उत्रिनुभन्दा ४ दिन पहिले रोवर 'विक्रम' ले आफू उत्रिने ठाउँको निरीक्षण गर्न सुरु गर्नेछ । ल्याण्डर यानबाट त्यो त्यसपछि डिबूस्ट हुनेछ । 'विक्रम' सतहको नजिक पुगेपछि आफू ल्याण्डिङ हुने ठाउँको स्यानिङ सुरु हुनेछ । ल्याण्डिङ पछि ल्याण्डर (विक्रम) को ढोका खुल्नेछ र त्यहाँ रोवर (प्रज्ञान) लाई रिलिज गरिन्छ । रोबर निस्कनको लागि झण्डै ४ घण्टाको समय लाग्नेछ । फेरि यो वैज्ञानिक परीक्षणको लागि चन्द्रमाको सतहमा जानेछ । यसको १५ मिनेटपछि मात्रै इसरोलाई ल्याण्डिङ्गको तस्वीर प्राप्त हुन थाल्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ