arrow

भानु आचार्यको 'नेपालमा उदारवाद' विमोचित, पुस्तकको 'मेनु'भित्र के छ ?

logo
प्रकाशित २०७६ साउन ६ सोमबार
bhanu-acharya.jpg

काठमाडौं । पूर्व महालेखा परीक्षक एवं पूर्व सचिव भानुप्रसाद आचार्यको 'नेपालमा उदारवाद : प्रयोग र परिणाम' भन्ने पुस्तक प्रकाशित भएको छ । सोमबार राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक विशेष कार्यक्रममा पूर्व राष्ट्रपति डा. रामवरण यादवले पुस्तक विमोचन गरेका हुन् । 

लामो समयको आर्थिक प्रशासनसम्बन्धी अनुभव रहेका आचार्यले लेखापरीक्षणको सर्वाेच्च संस्था महालेखा परीक्षकको कार्यालयको समेत नेतृत्व गरेका छन् । सो पुस्तकमा आचार्यले उदारवादको सैद्धान्तिक पक्षको चिरफार गर्दै नेपालको सन्दर्भमा त्यसको प्रयोग र परिणामको लेखाजोखा गरेका छन् । प्रस्तुत पुस्तकले आर्थिक एवं प्रशासनिक क्षेत्रमा उदारवादको प्रयोग कसरी अघि बढ्यो र वर्तमान अवस्थामा यसले के कस्तो परिणाम दिएको छ भन्ने बारेमा समेत उल्लेख विश्लेषण प्रस्तुत गरेका छन्। 

विभिन्न ८ खण्डमा विषय विभाजन गरेर तयार पारिएको सो पुस्तकमध्ये एउटा खण्डमा नेपालको प्रशासन सम्बन्धी विषयहरु समेटिएको छ भने बाँकी सबै खण्डहरु नेपालको आर्थिक परिघटना र उनको अनुभवलाई समेटेर तयार पारिएको छ । पुस्तकको पहिलो खण्डमा अर्थराजनीतिको सैद्धान्तिक पृष्ठभूमि र नेपालको परिवेशबारे उल्लेख गरिएको छ । दोस्रो खण्डमा आर्थिक उदारीकरण र उद्योष् तथा व्यापार क्षेत्रको बारेमा उल्लेख गरिएको छ । तेस्रो खण्डमा सार्वजनिक वित्त व्यवस्थापन र अर्थ प्रशासनको बारेमा उल्लेख गरिएको छ । 

चौथो खण्डमा वैदेशिक सहयोगको अर्थराजनीति, पाँचौं खण्डमा सार्वजनिक वित्तीय जवाफदेहिता र छैठौं खण्डमा महालेखा परीक्षकको बारेमा उल्लेख गरिएको छ । बाँकी २ खण्डमध्ये सातौं खण्डमा नेपालको कर्मचारीतन्त्रको बारेमा उल्लेख छ भने अन्तिम खण्डमा निष्कर्ष स्वरुप अबको गन्तव्य भन्ने खण्ड राखिएको छ । 

पुस्तक विमोचनको क्रममा आर्थिक क्षेत्रमा सक्रिय अच्यूत वाग्ले, कुशुम शाक्य र पृथ्वीराज लिगलले टिप्पणी गरेका थिए । उनीहरुले केही प्राविधिक त्रुटीहरुबाहेक पुस्तकको समग्रतालाई राम्रो रहेको विश्लेषण गरे । लामो समय प्रशासन क्षेत्रमा विताएर उनको सो पुस्तक विशेषगरी आर्थिक क्षेत्रमा जानकारी राख्नेहरु सबैले पढ्नैपर्ने पुस्तक रहेको बताएका छन् । 

आचार्यले आफ्नो पुस्तकमा वैदेशिक क्षेत्रले गर्ने सहयोगहरुमा कस्ता कस्ता शर्तहरु पालना गर्नुपर्ने हुन्छ ? नेपालमा द्वन्द्व अघि र पछिको आर्थिक विकासको अवस्था र त्यसमा परेको असर जस्ता विषयमा गहन र तथ्यपरक सामग्रीहरु प्रस्तुत गरेका छन् ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ