arrow

मन्त्री नै एनजिओको अभियान्ता 

logo
प्रकाशित २०७६ साउन ६ सोमबार

काठमाडौं । विदेशी विभिन्न स्वार्थ समूहहरुको सहयोगमा चल्ने गैरसरकारी संस्थाहरु सरकारको नियन्त्रणमा हुनु पर्ने हो । नेपालमा सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी त पहिलेदेखि नै यस्ता संस्थाहरुप्रति अति उदार बन्ने गरेको छ । 

केन्द्रमा सरकार एनजिओप्रति उदार बनिरहेको बेलामा प्रदेश सरकारका त मन्त्री नै अमूक गैरसरकारी संस्थाको अभियान्ता नै बनेर हिँडेको भेटिएको छ । यसरी सरकारको मन्त्री जस्तो गरिमामय पदमा बसेर पनि कुनै अमूक संस्थाको अभियान्ता बनेर हिँड्नु कानूनी रुपमा जे जस्तो भएपनि नैतिक रुपमा निकृष्ट काम भएको भन्दै टिप्पणी हुन थालेको छ । 

प्रदेश नं ३ सरकारका सामाजिक विकास मन्त्री युवराज दुलाललाई सेवक नेपालले आफ्नो संस्थाको अभियान्ताको रुपमा प्रचार गरेपछि यसको विरोधमा सामाजिक सञ्जालमा चर्चा चुलिएको छ । नेपालका अनाथ बालबालिकाहरुको खोजी उद्दार तथा दिगो संरक्षणको उद्देश्यले खुलेको सो संस्थामा सामाजिक विकास मन्त्रीले नै नियमित सहयोग गर्दै जाने प्रतिबद्धता सहित आफू अभियान्ता भएको घोषणा गरिनुले उनको नैतिकतामाथि प्रश्न चिह्न मात्रै खडा भएको छैन । मन्त्री पदको गरिमा माथि नै प्रश्न चिह्न खडा भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ