arrow

क्रिस्टियानो रोनाल्डोलाई करणीकाण्डमा राहत 

logo
प्रकाशित २०७६ साउन ७ मंगलबार

काठमाडौं । पोर्चुगिच फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई बलात्कारको आरोपमा राहत मिलेको छ ।

सन् २००९ मा अमेरिकाको लस भेगास होटलमा रोनाल्डोले आफुमाथि बलात्कार गरेको आरोप ३४ बर्षिया क्याथरी मेरागाले लगाएकी थिइन् ।

अमेरिकी अभियोजनकर्ताले रोनाल्डोमाथि लागेको यौन दुर्व्यवहारको बिषयमा कुनै सजाय भोग्न नपर्ने बताएका हुन् ।

सन् २०१० मा घटनाको बिषयमा अदालत बाहिर दुवै पक्षबीच सहमतिसमेत भए पनि गत वर्ष यो मुद्धा पुनः ब्युँतिएको थियो ।

यो आरोपलाई रोनाल्डोले अस्विकार गर्दै आएका थिए ।

Kathryn Mayorga, a teacher (pictured), claimed in a lawsuit that Cristiano Ronaldo raped her in a Vegas penthouse in 2009

सन् २०१८ मा लस भेगास पुलिसले पीडितको अनुरोधमा पुनः घटनाको अनुसन्धान सुरु गरेका थिए ।

रोनाल्डोले उक्त घटनालाई स्वीकार्दै घटनाबारे दुवै पक्षको सहमति भएको समेत बताएका थिए । 

गत बर्ष इटालियन क्लब युभेन्ट्सबाट व्यवसायिक खेल खेल्दै आएका रोनाल्डोले त्यतिबेला इंगलिश क्लब म्यान्चेस्टर युनाइटेडबाट खेल्ने गर्दथे । त्यसपछि उनी स्पेनिश क्लब रियाल मड्रिडबाट खेले । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ