arrow

टी–२० क्रिकेट विश्वकप छनोटमा नेपाललाई झड्का, कतारसंग ४ विकेटले पराजित

सन्दीप लामिछानेलाई ३ विकेट 

logo
प्रकाशित २०७६ साउन ७ मंगलबार
nepali-cricket1.jpg

काठमाडौं । सिंगापुरमा जारी टी–२० क्रिकेट विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल कतारसंग ४ विकेटले पराजित भएको हो । 

जितका लागि नेपालले दिएको १२३ रनको सामान्य लक्ष्य कतारले १९.२ ओभरमा ६ विकेटको नोक्सानीमा पूरा गरेको हो । 

इमाम उल हकले ४१ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले ३३ रन खर्चेर ३ विकेट लिए । करण केसीले १ विकेट लिए ।

दुई खेलाडी रनआउट भए । यो खेलमा कप्तान पारस खड्काले भने बलिङ गरेनन् । 

नेपालको ब्याटिङ
नेपालले टस जितेर पहिले ब्याटिङ गर्यो । नेपालले निर्धारित २० ओभरमा अलआउट हुँदै १२२ रन मात्र बनाउन सक्यो ।

पहिलो विकेटका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लबीच पहिलो विकेटका लागि ४९ रनको साझेदारी भएको थियो । 

६ ओभरमा नेपालले १ विकेटको नोक्सानीमा ४९ रन बनाएको हो । पारसले १७ बलमा १ छक्का र ४ चौकाको मद्धतले २८ रन बनाए । 

त्यस लगत्तै ज्ञानेन्द्र पनि आउट भए । ज्ञानेन्द्रले २४ बलमा २३ रन बनाए । दिपेन्द्र सिंह ऐरीले ३५ बलमा ३४ रन बनाए । उनले १ छक्का र १ चौका हानेका थिए । 

सोमपाल कामीले ११, सन्दीप लामिछानेले ९ तथा सरद भेषवाकरले ७ रन बनाए । इक्वाल हुसेनले ३ विकेट लिए । 

यस्तो थियो नेपाल–कतार अवस्था

जारी छनोटमा नेपाल शीर्ष वरियताप्राप्त राष्ट्र हो । नेपाल आईसीसीको टी–२० वरियताको ११ औं स्थानमा रहेको छ । कतार भने २१ औं स्थानमा छ ।

आईसीसी वरियता हेर्दा नेपालले कतारलाई सहजै हराउने देखिएको थियो । सोमबार भएको पहिलो खेलमा कतार सिंगापुरसँग पराजित भएको थियो । 

नेपाल र कतारबीच यसअघिसम्म ६ पटक प्रतिस्पर्धा भएकामा ४ एक दिवसीयमा ३ पटक नेपालले जितेको छ भने कतारले १ खेल जितेको छ ।

त्यस्तै टी–२० मा नेपालले १ र कतारले १ खेल जितेको छ । मंगलबारको खेलपछि समीकरण बदलिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ