arrow

भोनेजुयलामा बिजुली आपूर्ति ठप्प

logo
प्रकाशित २०७६ साउन ७ मंगलबार
vanazuala.jpeg

काठमाडौं । भेनेजुयलाको राजधानी सहर काराकसहित भेनेजुयलाका केही हिस्सामा सोमवार ठूलो मात्रामा विद्युत् आपूर्ति ठप्प भएको छ । इन्टरनेट प्रयोगकर्ताहरुले विद्युत् आपूर्ति ठप्प भएको जानकारी दिएका हुन् । काराकसमा स्थानीय समयअनुसार साँझ ४ बजेर ११ मिनेटमा विद्युत् आपूर्ति ठप्प भएको थियो ।

सरकारी विद्युत् वितरण कम्पनीले भने राजधानी सहर काराकसमा मात्र विद्युत् आपूर्ति ठप्प भएको जानकारी दिएको छ । गत मार्चमा पनि व्यापक मात्रामा विद्युत् आपूर्ति रोकिएको थियो । यसअघि भेनेजुयलाका राष्ट्रपति निकोलास मादुरोले विद्युत् आपूर्ति रोकिनुमा अमेरिका दोषी रहेको बताएका थिए ।

भेनेजुयलाको सरकारले विद्युत् आपूर्तिमा कटौतीको जिम्मेवार विपक्षी रहेको बताएको छ । अहिले भेनेजुयला चरम आर्थिक संकटको सामना गरिरहेको छ । भेनेजुयलामा उपभोग्य सामग्री र औषधिको पनि अभाव भइरहेको प्रतिवेदनहरुले देखाइरहेका छन् ।

 विपक्षी पार्टीले सरकारको नीति विद्युत् संकटको कारण रहेको बताउँदै आएको छ । विशेषज्ञका अनुसार लामो समयदेखि विद्युत् विभाग संसाधनको कमीको सामना गरिरहेको छ । विभागको आधुनिकीकरण गरिएको छैन । यो पूर्वाधारको हिसाबमा पनि निकै दयनीय अवस्थामा पुगेकोछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ