arrow

दैनिक औषत १२ झुट बोल्छन् ट्रम्प, ८६९ दिनमा १० हजार ७९६ वटा भ्रामक बयान दिए 

logo
प्रकाशित २०७६ साउन ७ मंगलबार
donald-trump2.jpg

काठमाडौं । अमेरिकाको मूलधारकको पत्रिका वासिङ्टन पोष्टका अनुसार ट्रम्पले आफ्नो कार्यकाल सुरुभएदेखि अहिलेसम्म १० हजार ७ सय ९६ वटा झुट बोलेको बताएको छ । पोष्टले डेढ महिना अघि तयार पारेको सो रिपोर्ट अनुसार ८६९ दिनमा ट्रम्पले यति धेरै झुट बोलेका हुन् । पोस्टले ट्रम्पको यस्ता कैयौं बयानहरुको तथ्य परीक्षण गरेको थियो । उनको कैयौं बयान झूठा र भ्रमक समेत रहेका थिए । 

अखबारले १० जुनमा रिपोर्ट प्रकाशित गर्दै ७ जुनसम्म ट्रम्पले राष्ट्रपति भएको ८६९ औं दिनसम्मको दौरानमा पौने ११ हजार झुट बोलेका हुन् । पोस्टको फ्याक्ट चेकर्स टीमले राष्ट्रपति ट्रम्पका सबै सन्दिग्ध बयानलाई विश्लेषण गरेको छ । अखबारको दाबी अनुसार ट्रम्पले राष्ट्रपति बनेपछि हरेक दिन औषतमा १२ वटा झुट बोल्ने गर्दछन् । 

NBTअखबारका अनुसार राष्ट्रपति ट्रम्पको हरेक पाँचौं दाबी आव्रजन र आफ्नो हस्ताक्षरलाई लिएर गरेका थिए । यसका अलावा ट्रम्पले दिएको कूल झूठ या भ्रामक दावीमध्ये करिब १० प्रतिशत व्यापार र रूस द्वारा २०१६को राष्ट्रपति चुनावमा हस्तक्षेप गरेको विषयसँग सम्बन्धी गरेका छन् । यस विषयमा ट्रम्पको एकै बयानमा पनि दाबी अलग अलग थियो । 

जर्मनीपछि भारत ट्रम्पको शिकार 
ट्रम्प स्वभावैले एउटा कुरा गरेर विश्व हल्लाउने स्वभावका छन् । उनले कहिले कसलाई त कहिले कसको टाउको दुख्ने गर्दछ । यस पटक ट्रम्पको निशानामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी परेका छन् । ट्रम्पले एक बयानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काश्मिरको मुद्दा सुल्झाउनको लागि मोदीले आफूलाई मध्यस्थताको आग्रह गरेको बताए । त्यसलाई लिएर मंगलबार भारतको दुबै सदनमा विपक्षीहरुले हंगामा गरेका छन् । 

यस अघि पनि जर्मनीमा समेत ट्रम्पले यस्तै बयान दिएपछि हंगामा मच्चिएको थियो । ट्रम्पले नाटोको मुद्दामा एक पटक भनेका थिए 'म भन्न चाहन्छु जर्मनीले धेरै कदम उठाएको छैन । जर्मनी १ प्रतिशत नाटोलाई सहयोग गर्छ । उनले अझ धेरै हिस्साको जिम्मा लिनु पर्छ । हामी यस एक प्रतिशतको बारेमा सोच्नु पर्छ । हामीले जर्मनीको रक्षा गरिरहेका छौं र पो जर्मनीले हामीसँग व्यापारको फाइदा उठाइरहेको छ ।'

NBTनाटोमा कूल १५ प्रतिशत हिस्सा व्यहोर्ने जर्मनीलाई उनले एक प्रतिशत हिस्सा ओगट्ने भनेर गलत अभिव्यक्ति दिएका थिए । यस विषयमा पनि पत्रिकाले तथ्य परीक्षण गरेको थियो । तरपनि ट्रम्पले अहिलेसम्म माफी मागेका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ