arrow

प्रधानमन्त्री मेको विकल्पमा हेरिएका जोनसन दलको नेतामा निर्वाचित

बुधबार नै औपचारिक रूपमा प्रधानमन्त्रीको जिम्मेवारी लिने

logo
प्रकाशित २०७६ साउन ७ मंगलबार
Boris-Johnson1.jpg

लण्डन । बेलायतको राजधानी लण्डन शहरका पूर्व नगर प्रमुख तथा कन्जर्भेटिभ पार्टीका नेता बोरिस जोनसनले पार्टीको नेतृत्वका लागि भएको निर्वाचनमा विजय प्राप्त गरेका छन्।

विदेशमन्त्रीसमेत रहेका सोही पार्टीका नेता नेता जेरमी हन्टलाई पराजित गर्दै जोनसनले बेलायती प्रधानमन्त्रीका लागि आफूलाई योग्य सावित गरेका छन् ।

जोनसनले नेता हन्टलाई झण्डै आधा मतान्तरले पछि पारेको बताइएको छ । कन्जर्भेटिभ पार्टीले प्रधानमन्त्री टरिजा मेको विकल्पमा नयाँ नेतृत्व छान्नका लागि भएको अन्तिम चरणको मतदानमा जोनसनलाई ९२ हजार १५३ मत परेको थियो भने हन्टलाई ४६ हजार ६५६ मत परेको कन्जर्भेटिभ पार्टीले जनाएको छ ।

जोनसनले बेलायती प्रधानमन्त्री टरिजा मेको स्थानमा बुधबार नै औपचारिक रूपमा जिम्मेवारी लिने बताइएको छ ।  नेता जोनसनले आफ्नो नेतृत्वमा बेलायत यूरोपेली यूनियनबाट बाहिरिने प्रतिवद्धता व्यक्त गेका छन् ।

पार्टी नेतृत्वमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उनले भने, “दुईपटकसम्मको प्रयासपछि पनि सफल हुननसकेको ब्रेक्जिट प्रक्रियालाई आगामी अक्टोबर ३१ सम्ममा पूरा गरिनेछ ।”

जोनसन पार्टी नेतृत्वमा निर्वाचित भएसँगै उनलाई सामाजिक सञ्जालमार्फत विश्वभरीबाट बधाइ तथा कार्यकालको शुभकामना व्यक्त गरिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटमार्फत वधाई दिँदै भने, “पार्टी नेताको निर्वाचनमा विजय गर्दै बेलायतको प्रधानमन्त्रीका लागि मार्ग तय गर्न सफल भएकोमा तपाईंलाई बधाई । आगामी दिनमा थप सफलता प्राप्त गर्नुहुनेछ ।”

त्यसैगरी उनलाई जर्मन चान्सलर एन्जेला मर्केल, यूरोपेली यूनियनका तर्फबाट ब्रेक्जिटका लागि मध्यस्थताकर्ता मिसेद बार्नियर, यूरोपेली आयोगका प्रमुख जाँ क्लाउडको तर्फबाट उहाँका प्रवक्तालगायतले जोनसनसँग हातेमालो गर्दै अघि बढ्न चाहेको बताएका छन् । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ