arrow

जापानी ‘रामेन’ परिकारको स्वाद काठमाडौंमा लिन पाइने

logo
प्रकाशित २०७६ साउन ७ मंगलबार
Hokkaido_nepal_1.jpg

काठमाडौं ।  नेपाली उपभोक्ताले जापानिज खानाको परिकार ‘रामेन’को स्वाद चाख्न पाउने भएका छन् । होक्काइदो नेपाल विजनेस ग्रुप प्रालिले काठमाडौ ‘होक्काइदो रामेन रेष्टुरेन्ट’ यहाँ सञ्चालनमा लइाएको छ ।

नेपालीसहित जापानी नागरिकको लगानी रहेको उक्त कम्पनीले पहिलो चरणमा बुढानिलकण्ठमा रहेको पार्क भिजेल रिसोर्ट भित्र नै रेष्टुरेन्ट  सुरु गरेको छ । उक्त ग्रुपले ‘होक्काइदो रामेन रेष्टुरेन्ट’का १० वटा आउटलेट सञ्चालन गर्ने योजना बनाएको छ । पहिलो चरणमा काठमाडौंको बुढानिलकण्ठ, ठमेलमा सुरु गरेको रेष्टुरेन्ट क्रमशः बौद्ध, पानीपोखरी, पोखरालगायतका क्षेत्रमा विस्तार गर्ने कम्पनीले जनाएको छ ।

रेष्टुरेन्टको नेपालका लागि जापानिज राजदुत साइगो मासामिचीले उद्घाटन गरे । जापानबाट नेपाल आउने पर्यटकसहित नेपालीलाई समेत लक्षित गरेर जापानमा लोकप्रिय नुडल्स ‘रामेन’को स्वादलाई खुवाउन रेष्टुरेन्ट सञ्चालनमा ल्याएको होक्काइदो नेपाल बिजनेस ग्रुप प्रालिका अध्यष अर्जुन अधिकारीले बताए ।

जापानको प्रसिद्ध खाना ‘रामेन’ खुवाउनका लागि पहिलो चरणमा पार्क भिजेल र काठमाडौं गेष्ट हाउसमा ‘होक्काइदो रामने रेष्टुरेन्ट’ सञ्चालनमा ल्याएको हो ।  ‘रामेन’ सञ्चालनमा ल्याएपछि नेपालीले जापानको फुड कल्चर उपयोग गर्न पाउने भएका छन् ।

जापानको प्राचिन स्वाद रामेन, जापानिज प्रविधिमा तयार गरिन्छ । जापानिज मापदण्ड, प्रविधि र जापानिज कम्पनीको सहकार्यमा हेक्काइदो रामेन रेस्टुरेन्ट सञ्चालनमा आएको हो ।  रामेन एक जापानिज प्राचिन खानाको परिकार हो । नेपालमा खाइने थुक्पासंग रामेन मिल्न गएपनि रामेनको स्वाद र बनाउने तरिका फरक रहेको जापानिज सेफ माचुमुराले बताए । रामेन जापानको प्राचिन स्वास्थ्यवद्र्धक खानाको परिकार हो ।

 नेपालमा जापानिज प्रविधिसहित पहिलो पटक भित्र्याएको कम्पनीले जनाएको छ । कम्पनीले जापानिज परिकार बनाउनका लागि रामेन सेफ माचुकुरालाई ल्याएको छ ।  जापानिज परिको माध्यमबाट नेपाल र जापानबीचको खानपिन र जनस्तरमा सम्बन्ध विस्तार गर्दै पर्यटन प्रवद्र्धन तथा व्यापार विस्तारमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।   रेष्टुरेन्टसँगै जापान जाने युवालाई लक्षित गरेर होटल व्यवस्थापन तालिम पनि सञ्चालन गरेको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ