arrow

फरफारकसंगै भत्कीयो खेलमैदानको पर्खाल

logo
जीवन शर्मा,
प्रकाशित २०७६ साउन ७ मंगलबार
wall.jpg

ओखलढुंगा । सिद्धिचरण नगरपालिका वडा नम्बर २ निसंखे स्थित हिमालय माध्यामिक विद्यालयको खेलमैदान निर्माणका लागि लगाइएको पर्खाल फरफारकसंगै भत्कीएको छ । प्रदेश नम्बर–१ सरकारको सामाजिकर विकास मन्त्रालय अन्तरगतको ५० लाखमा निर्माण गरिएको खेलमैदान गत साताको पानीले भत्काएको हो ।

उपभोक्ता समिति मार्फत निर्माण गरिएको खेलमैदानको पर्खालमा बालुवा र ढुंगा मात्र जोडेर सिमेन्ट नलगाइ बनाइएकाले कमजोर भएको स्थानीयले बताएका छन् । प्रदेश सरकारको ५० लाख बजेट बाट वडालाई नमुना बनाउने उद्देश्यले थालिएको उक्त काममा उपभोक्ता समितिका अध्यक्ष लगायत केही व्यक्तिहरुले कमसल काम गरेर रकम सकेको सिद्धिचरण नगरपालिका वडा नम्बर २ का स्थानीयहरुले आरोप लगाएका छन् ।

आर्थिक बर्ष सकिन लाग्दा सुरु गरेर हतारमा काम गर्दा यो समस्या आएको हुन सक्ने स्थानीय पदम तामाङले बताए । नगरपालिकाका इन्जिनियर र उपभोक्ता समितिको मिलेमतोमा ५० लाखको काम १० लाखमा सम्पन्न गरी काजग मिलाएर योजना फरफारक गरिएको उनको आरोप छ । पर्खालमा सिमेन्ट नै नघोली बालुवा र सडक पेटीमा खसेका ढुंगा प्रयोग गरी गाह्रो लगाइएको स्थानीयले बताएका छन् ।  

खेलमैदान निर्माणका लागि लगाइएको पिल्लर सहितको पर्खाल भत्कीएपछि निशंखेवासीले पिउदै आएको निगाले पानी धारो जाने बाटो समेत बन्द भएको छ । प्रति  लिटर ३ रुपैयाका दरले पानी किनेर पर्खाल लगाइएको उपभोक्ता समितिले जनाएको छ । पर्खालमा लगाइएका १६ वटा पिल्लर मध्य १० वटा भाच्चिएर टुक्रा टुक्रा भएका छन् भने पुरै पर्खाल सखाप भएको छ । निर्माण नसक्दै भत्कीएको पर्खालले निशंखे हुँदै तलुवा, विमिले, बार्चादे लगायत स्थानमा जाने सडक अवरुद्ध हुँदा सयौ नागरिकले सास्ती खेप्नु परेको छ ।

खेल मैदानको गाह्रो अविरल बर्षाका कारण भत्कीएको भनिएपनि पिल्लर समेत भाच्चिएर पुरै पर्खाल भत्कनु लाई शंकाको घेरामा राखिएको र त्यसको थप अनुसन्धान गरिने सिद्धिचरण नगरपालिका वडा नम्बर २ का अध्यक्ष कृष्ण बहादुर कार्कीले बताए । निर्माण सम्पन्न भै फरफारक गर्दै गर्दा खेलमैदानको पर्खाल भत्कीएपछि स्थानीयहरु उपधोक्ता समिति प्रति आक्रोशित बनेका छन् । निर्माणको जिम्मा नेकपा एमालेका पूर्व सचिव शंकल बहादुर कट्वालले लिएका थिए । उनले उपभोक्ता समितिका अध्यक्ष भएर योजनाको काम कमसल गरी मोटो रकम अनियमितता गरेको स्थानीयहरुले आरोप लगाएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ