arrow

भारतीय क्रिकेट टोलीमा गुटबन्दी, दुई हिस्सामा बाँडियो टिम

logo
प्रकाशित २०७६ साउन ७ मंगलबार
koholi-sharma.jpg

काठमाडौं । विश्वकप पछि पहिलो सिरिजका लागि भारतीय टोलीको घोषणा भएको छ । यसैक्रममा टोलीमा गुटबन्दीको समाचार बाहिरिएको छ । टोलीमा कप्तान विराट कोहली र रोहित शर्माको दबदबाको विषयलाई लिएर टोली दुई भागमा बाँडिएको हो ।

विश्वकपको सेमिफाइनलमा न्युजिल्याण्डसँग हारेसँगै भारतको विषयमा विभिन्न किसिमको समाचार आइरहेका छन् । विश्वकपमा कोहली र रवि शास्त्रीको फैसलाबाट केही खेलाडी असन्तुष्ट देखिएका थिए । यसै बीच सेमिफाइनलमा हारेसँगै रोहित शर्माको पक्षका खेलाडीले कोहलीलाई कप्तानीबाट हटाउनुपर्ने माग गरेका छन् ।

सेममिफाइनलमा मोहम्मद शमीलाई अन्तिम ११ मा नराखिएको विषयमा टोलीमा विवाद बढेको हो । त्यसका साथै विश्वकपको अन्य खेलमा रवीन्द्र जडेजालाई वेवास्ता गरिएको विषयले पनि कोहलीको फैसलामाथि प्रश्न उठेको हो ।

विश्वकपपछि वेस्ट इन्डिजको भ्रमणमा विराट कोहलीले केही समय आराम लिनसक्ने बताइएको थियो । वेस्ट इन्डिजको भ्रमणमा रोहित शर्मालाई कप्तानी दिइनसक्ने बताइएको थियो । तर, आफ्नो कप्तानी नै संकटमा पर्ने देखिएसँगै विराटले आराम नलिई वेस्ट इन्डिज भ्रमणमा जाने निर्णय गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ