arrow

ग्रिजम्यानको ‘डेब्यु’ खेलमा बार्सिलोनाको हार, चेल्सीलाई बहार

logo
प्रकाशित २०७६ साउन ७ मंगलबार
griezmann.jpg

काठमाडौं । प्रिसिजन फुटबल अन्तर्गत अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा स्पेनिश क्लब बार्सिलोनाले पराजयको सामना गर्दा इंगलिश क्लब चेल्सीले भने जित हासिल गरेको छ ।

Chelsea ended their pre-season tour of Japan in style with a comfortable win over Barcelona

मंगलबार भएको मैत्रिपूर्ण खेलमा बार्सिलानालाई चेल्सीले २–१ गोल अन्तरले हराएको हो ।

Tammy Abraham showed he could be Chelsea's permanent No 9 by scoring the opener

टमी अब्राहमले ३४ औं मिनेटमा गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । रोस बार्कलीले ८१ औं मिनेटमा चेल्सीको अग्रता दोब्बर पारेका थिए ।

Ross Barkley scored Chelsea's second goal as they ran out 2-1 winners against Barcelona

खेलको अन्तिम मिनेटमा ईभान राकिटिकले एक गोल गर्दै बार्सिलोनालाई सान्त्वनामात्र दिलाए । तर हार जोगिएन । 

 ग्रिजब्यानको झुर डेब्यु
एन्टोनी ग्रिजम्यानको डेब्यु खेलमा बार्सिलोनाले हार ब्यहोरेको हो । प्लेईङ सेटमा रहेर खेलको सुरुवात गरेका ग्रिजम्यानको डेब्यु खेल सुखद रहन सकेन ।

The former Atletico Madrid forward featured as Barcelona took on Chelsea in Saitama, Japan

उनी यसै सिजन कीर्तिमानी मुल्यमा बार्सिलोना आएका हुन् । ग्रिजम्यान १०८ मिलियन पाउन्डमा बार्सिलोना आएका हुन् । 

Antoine Griezmann made his first start for Barcelona after his £108million move on Tuesday

तर यो खेलमा बार्सिलोनाका सदावहार कप्तान लियोनल मेस्सी भने खेलेका थिएनन् । बार्सिलाना स्पेनिश च्याम्पियन हो भने चेल्सी प्रिमियर लिगमा उपविजेताको स्थानमा समेत पुग्न सकेको थिएन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ