- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । रुसले चीनसँग मिलेर पहिलो पटक एसिया प्रशान्त क्षेत्रमा हालसम्मकै लामो दूरीको हवाई गस्ती गरेको बताएको छ।
बीबीसीका अनुसार रुस–चीनको हवाई गस्तीको प्रतिक्रियामा जापान र दक्षिण कोरियाले पनि आफ्ना जेटहरू पठाएका छन्।
रुसी रक्षा मन्त्रालयले लडाकु विमानहरूको साथमा चारवटा बम खसाल्ने जहाजले जापानी समुद्र र इस्ट चाइना सीमा गस्ती गरेको जनाएको छ।
उक्त गस्ती पूर्व योजना अनुरूप तोकिएको हवाई मार्गमा गरिएको उसको भनाइ छ।
दक्षिण कोरियाले भने आफ्नो क्षेत्रमा रुसी विमानहरू प्रवेश गरेको देखेपछि मेसिन गनबाट गोली चलाएको र आगोको लप्काले आक्रमण गरेर चेतावनी दिएको बताएको छ।
उक्त घटनालाई लिएर जापानले रुस र कोरिया दुवैको विरोध गरेको छ। त्यो घटना दक्षिण कोरियाद्वारा कब्जा गरिएको तर जापानले पनि दाबी गरिरहेको एउटा टापुमाथि भएको हो।