arrow

नौ ओभरमा ८४ रनको लक्ष्य पछ्याउँदै नेपाल

logo
प्रकाशित २०७६ साउन ८ बुधबार
nepal3.JPG

काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेट छनोट अन्तर्गतको एसिया फाइनलको दोस्रो खेलमा नेपालले मलेसियाबाट प्राप्त ८४ रनको लक्ष्य पछ्याइरहेको छ ।

प्रदीप सिंह ऐरी र ज्ञानेन्द्र मल्ल ओपनिङमा आएका छन् । वर्षाले गर्दा ढिला गरी सुरु भएको खेललाई ९ ओभरमा झारिएको छ । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ९ ओभर खेल्दै ७ विकेटको नोक्सानीमा ८३ रन बनायो । 

मलेसियाका लागि सायद अजिजले सर्वाधिक ३० रन जोडे । 

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । यस्तै बसन्त रेग्मीले २ तथा सन्दीप लामिछाने र करण केसीले १–१ विकेट लिए ।

कप्तान पारस खड्का चोटिल बनेपछि मलेसियाविरुद्ध नेपाल ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रिएको छ । 

विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्ने सम्भावना जिवित राख्न नेपाललाई यो खेल जित्नैपर्ने दवाव छ । 

पहिलो खेलमा मंगलबार भएको पहिलो खेलमा नेपाल कतारसंग ४ विकेटले पराजित भएको थियो ।

पाँच टिम सहभागी प्रतियोगितामा २ खेलबाट ३ अंकसहित सिंगापुर शीर्ष स्थानमा छ । 

मलेसिया १ खेलबाट २ अंकसहित दोस्रो, कतार २ खेलबाट २ अंकसहित तेस्रो र कुवेत २ खेलबाट १ अंकसहित चौथो स्थानमा छ । 

शीर्ष वरियताको नेपाल भने एक खेलबाट अंकविहीन हुँदै पुछारमा छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ