arrow

टी–२० मा मलेसियाविरुद्ध नेपालको शानदार जित, ज्ञानेन्द्रको कीर्तिमानसहित कप्तानी इनिङ

logo
प्रकाशित २०७६ साउन ८ बुधबार
nepal-win.JPG

काठमाडौं । ज्ञानेन्द्र मल्लले कप्तानी इनिङ खेलेपछि नेपालले मलेसियालाई सिंगापुरमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेट छनोट अन्तर्गतको एसिया फाइनलमा सजिलै पराजित गरेको छ । 

नियमित कप्तान पारस खड्का चोटिल भएपछि कप्तानी सम्हालेका मल्लले कप्तानी इनिङ खेलेका हुन् । मल्लले २१ बलमा ३ छक्का र ५ चौकाको मद्धतले ५१ रन बनाए । 

नेपालले टी–२० मा बनाएको फास्टेस्ट फिफ्टीको कीर्तिमान पनि मल्लले राखेका छन् । 

नेपालले मलेसियाबाट प्राप्त ८४ रनको लक्ष्य ८ ओभरमै ३ विकेटको नोक्सानीमा पूरा गरेको हो । 

विनोद भण्डारीले नटआउट १३ तथा प्रदीप सिंह ऐरीले १२ रन बनाए ।

यसअघि वर्षाले गर्दा ढिला गरी सुरु भएको खेललाई ९ ओभरमा झारिएको थियो । 

टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ९ ओभर खेल्दै ७ विकेटको नोक्सानीमा ८३ रन बनायो । 

मलेसियाका लागि सायद अजिजले सर्वाधिक ३० रन जोडे । 

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । यस्तै बसन्त रेग्मीले २ तथा सन्दीप लामिछाने र करण केसीले १–१ विकेट लिए ।

जितपछि विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्ने सम्भावनालाई नेपालले जिवितै राखेको छ । 

पहिलो खेलमा मंगलबार भएको पहिलो खेलमा नेपाल कतारसंग ४ विकेटले पराजित भएको थियो ।

पाँच टिम सहभागी प्रतियोगितामा २ खेलबाट ३ अंकसहित सिंगापुर शीर्ष स्थानमा छ । 

मलेसिया १ खेलबाट २ अंकसहित दोस्रो, नेपाल २ खेलबाट २ अंकसहित तेस्रो, कतार २ खेलबाट २ अंकसहित चौथो र कुवेत २ खेलबाट १ अंकसहित पाँचौं स्थानमा छ । 

शीर्ष स्थानमा रहने टिममात्र अर्को चरणमा पुग्ने भएकाले नेपालले बाँकी रहेका सबै खेलमा फराकिलो जित निकाल्नुपर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ