arrow

पद्मकन्या पूर्व स्व.बि.यु. सभापति पोखरेलको दुर्घटनामा परि मृत्यु

logo
प्रकाशित २०७२ चैत १५ सोमबार
swastika-pokhrel.jpg.jpeg
काठमाडौं। पद्मकन्या क्याम्पसका पूर्व स्व.बि.यु. सभापति लालकुमारी पोखरेल (स्वस्तिका)को सडक दुर्घटनामा परि निधन भएको छ। पोखरेल चढेको ट्याक्सीलाई विपरित दिसाबाट आएको गाडीले अमलेखगन्जमा ठक्कर दिंदा उनको घटनास्थलमै भएको हो। प्रहरी निरिक्षक पुरु खड्काको अनुसार उनको साथमा रहेका चालक ध्रुव कार्कीको पनि मृत्यु भएको छ भने भाई प्रदिप पोखरेल र भिनाजु गोविन्द बुढाथोकी घाइते छन्। भाई प्रदिप पोखरेललाई लिन गएकी स्वस्तिका विरगञ्जबाट फर्किदा दुर्घटनामा परेकी हुन। 
 
दुर्घटनास्थलबाट प्राध्यापक तारा थापाले दिएको जानकारी अनुसार उनी सवार ट्याक्सीलाई अगाडीबाट आएको गाडीले ठक्कर दिदा ट्याक्सी घुमेर पछाडी रुखमा गएर ठोक्किदा उनको मृत्यु भएको प्रहरीले जनाएको बताए। 
 
पारिवारका अनुसार पोखरेलको पार्थिव शरीरलाई नारायणी उपक्षेत्रीय अस्पताल बिरगंजमा राखिएको छ। नेपाल विद्यार्थी संघकी जुझारु नेतृ पोखरेलको असामयिक निधनप्रति नेविसंघका नेताहरुले दुख व्यक्त गरेका छन। विद्यार्थी नेता नैनसिंह महरले पोखरेलको मृत्युमा शोक व्यक्त गरेका छन्। यसैगरि पद्मकन्या क्याम्पसकी  नेविसंघकी पूर्व  इकाइ अध्यक्ष इन्दिरा तिवारीले पनि उनको निधनमा दुख व्यक्त गरेकी छन्। उनले नानु न्यौपानेको झै अर्की सभापति पोखरेलको निधन भएको भन्दै गहिरो दुख व्यक्त गरेकी हुन्। 
 
 
तरुण दलकी नेतृ लक्ष्मी खतिवडाले पनि पोखरेलको निधनमा फेसबुक मार्फत दुख व्यक्त गरेकी छन। 'नियतीको दुष्चक्र नानु न्यौपाने पछि स्वस्तिका पोख्रेल। पद्मकन्या क्याम्पसका दुवै बहालबाला स्ववियु सभापति,होनहार नेत्री दुवैको राजमार्ग सबारी दुर्घटनामा मृत्यु। यो अकल्पनिय दुखद समाचार, असत्य होईन रहेछ। धैर्यधारण गर्ने शक्ति मिलोस। अलबिदा स्वस्तिका गर्न बाँकी धेरै थियो, नियतीले चुडी लग्यो।'
 
पद्मकन्या क्याम्पसकी पूर्व स्ववियू सभापति नानु न्यौपानेको पनि २०५२ सालमा सडक दुर्घटनामा परि निधन भएको थियो। उनको क्याम्पस हातामा शालिक समेत राखिएको छ। 



नयाँ