काठमाडौं। आफ्नो हक्की स्वभावले परिचित पद्मकन्या क्याम्पसका स्व.बि.यु. सभापति लालकुमारी पोखरेल (स्वस्तिका)ले बेलाबेलामा साथीहरुसँग भन्ने गर्थिन, 'आठौं सभापति नानु दिदी सडक दुर्घटनामा परि वित्नुभयो। मेरो पनि के हुन्छ के थाहा?'
विद्यार्थी नेतृ तथा पद्मकन्याकी स्ववियू सचिव एन्जिला न्यौपानेको दिदी पूर्व सभापति नानु न्यौपाने २०५२ साल असोजमा सडक दुर्घटनामा परेकी थिइन। उनको निधनको प्रसङग आउने वेलामा स्वस्तिका बेलाबेलामा आफ्नो पनि त्यस्तै सडक दुर्घटनामा त मृत्यु हुने हैन भन्दै कुरा राख्थिन। एन्जिलाको कानमा अहिले पनि स्वस्तिकाको त्यो वचन गुन्जिरहेको छ। अशुभ नवोल दिदी भन्दै हामी गाली गर्थेउ तर उनको स्वभाव अनुसार उनी वोल्थिन। तर उनले भनेको झै यस्तो दुखद घटना भएछ। शुरुमा त पत्याउनै सकिएन। हाम्राकुरासँग कुरा गर्दै एन्जिलाले भनिन यहि क्याम्पसको स्ववियू सभापति मेरो दिदीलाई मैले गुमाएको थिए। उनले भक्कानिदै भनिन। आज आफ्नै समितिको सभापति गुमाए।
२०५२ सालमा नानु त्यसबेलाको लोकप्रिय विद्यार्थी नेतृ थिइन। उनी पद्मकन्याकी ८औं सभापति थिइन। तत्कालिन एमालेको सरकार विरुद्ध काँग्रेसले गरेको आन्दोलनमा उनले विद्यार्थी फाँटको राम्रो नेतृत्व गरेकी थिइन। सबै काँग्रेस र विद्यार्थीको आँखामा उनी थिइन। विराटनगरको एक कार्यक्रम सकेर काठमाडदं फर्किदै गर्दा उनको नौविसे नजिकै दुर्घटनामा परेर निधन भयो। उनको निधनमा विद्यार्थी शोकाकुल भए। निधनकै बेलादेखि हाम्रो परम्परा अनुसारको अंकको शुभ अशुभको चर्चा भयो। ८औ सभापति नानु रहिनन भन्ने चर्चा पद्मकन्यामा चर्चा भयो। त्यो चर्चा पछि सम्म पनि रह्यो। त्यसैले पनि आफू १४ औं सभापति भएपछि स्वस्तिका आफ्नो पनि त्यस्तै केहि हुने होकी भन्दै साथीहरुमाझ भन्ने गर्थिन। साथीहरु सम्झाउथे। तर नियतीले त्यस्तै लेखको रैछ एन्जिला उनीसँगको सम्वाद सम्झने कोशिस गर्दैथिइन।
आफूले यहि क्याम्पसको वहालवाला सभापति दिदी नानुलाई गुमाएकी एन्जिला वहालवाला आफ्नै समितिको सभापति गुमाउँदा शोकमा छिन। ४ कक्षामा हुँदा दिदीलाई गुमाएकी एन्जिला त्यो पारिवारिक पीडा मात्र हैन सांगठनिक पीडा पनि बुझ्छिन। संगठनमा एउटा नेता बन्न कति धेरै लगानी हुन्छ। एउटा जुझारु महिला नेपाली राजनीतिले पाउँदै थियो। तर सोमबारको त्यो निष्ठुरी विहानले उनलाई चुडेर लग्यो एन्जिला सुकसुकाइन।
नानुलाई चुनाव जिताउन २०५१ सालमा खटिएकी पछि इकाइ सभापति पनि भएकी इन्दिरा तिवारी स्वस्तिकालाई पनि त्यहाँ स्थापित गराउन लागिपरेकी थिइन। दुबै सभापतिसँग राम्रो सम्वन्ध भएकी इन्दिरा २० बर्षको अन्तरमा दुई प्रिय सभापति र विद्यार्थी नेतृ गुमाउँदा आफू मर्माहत भएको बताउछिन। ८ औ सभापति नानु २०५२ असोजमा र १४ औं सभापति स्वस्तिकाको २०७२ चैत्र १५मा निधन भयो। दुबैलाई यहि सडकले नै खायो उनले आफूलाई सम्हाल्दै भनिन।
संगठनका आन्तरिक जीवनमा झगडा पनि गरियो संगठनका लागि मिलेर काम पनि गरियो तर आज उनको अन्तमि विदामा जुट्नु परेको पीडा भइरहेको एन्जिलाले लुकाउन सकिनन्। दिदी र स्वस्तिकाको निधन हुँदाको संयोग उनले सुनाउँदै गइन। दिदीको निधन हुँदा पनि चालक र नानुको मात्र निन भयो। यो पटक पनि चालक ध्रुव कार्कीको र स्वस्तिकाको निधन भयो।
आफ्ना प्रिय सभापतिको निधनको खवरले पद्मकन्याका विद्यार्थीहरु शोकमा छन् उनीहरुले शवलाई काठमाडौं ल्याएर सम्मानका साथ अन्तिम संस्कार गर्ने तयारी गरेका छन। उदयपुर घर भएकी स्वस्तिका अभिभावकीय भुमिका निभाउँदै भाइलाई लिन विरगञ्ज गएकी थिइन। भाई प्रदिप पोखरेललाई लिन गएकी स्वस्तिका विरगञ्जबाट फर्किदा दुर्घटनामा परेकी हुन। प्रहरी निरिक्षक पुरु खड्काको अनुसार उनको साथमा रहेका चालक ध्रुव कार्कीको पनि मृत्यु भएको छ भने भाई प्रदिप पोखरेल र भिनाजु गोविन्द बुढाथोकी घाइते छन्। सोमबार बिरगंजबाट फर्कने क्रममा पोखरेल चढेको ट्याक्सीलाई विपरित दिसाबाट आएको गाडीले अमलेखगन्जमा ठक्कर दिंदा उनको घटनास्थलमै भएको हो।
नेपाल विद्यार्थी संघकी जुझारु नेतृ पोखरेलको असामयिक निधनप्रति नेविसंघका नेताहरुले दुख व्यक्त गरेका छन। विद्यार्थी नेता नैनसिंह महरले पोखरेलको मृत्युमा शोक व्यक्त गरेका छन्। यसैगरि पद्मकन्या क्याम्पसकी नेविसंघकी पूर्व इकाइ अध्यक्ष इन्दिरा तिवारीले पनि उनको निधनमा दुख व्यक्त गरेकी छन्। उनले नानु न्यौपानेको झै अर्की सभापति पोखरेलको निधन भएको भन्दै गहिरो दुख व्यक्त गरेकी हुन्।
तरुण दलकी नेतृ लक्ष्मी खतिवडाले पनि पोखरेलको निधनमा फेसबुक मार्फत दुख व्यक्त गरेकी छन। 'नियतीको दुष्चक्र नानु न्यौपाने पछि स्वस्तिका पोख्रेल। पद्मकन्या क्याम्पसका दुवै बहालबाला स्ववियु सभापति,होनहार नेत्री दुवैको राजमार्ग सबारी दुर्घटनामा मृत्यु। यो अकल्पनिय दुखद समाचार, असत्य होईन रहेछ। धैर्यधारण गर्ने शक्ति मिलोस। अलबिदा स्वस्तिका गर्न बाँकी धेरै थियो, नियतीले चुडी लग्यो।'
अलविदा प्रिय विद्यार्थी नेतृ स्वस्तिकाप्रति।
नोट : यस भन्दा अघि प्रकाशित समाचारमा भूलवश पद्मकन्या क्याम्पसका स्व.बि.यु. सभापति लालकुमारी पोखरेल (स्वस्तिका) १४ औ सभापति हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ । - सम्पादक