काठमाडौं । निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलको झगडाले अन्तत दुवैलाई जेलको बास हुने निश्चित प्राय बनेको छ । दुवैलाई बहुविवाहको कारण जेलको बास हुने निश्चित प्राय बनेको हो ।
निर्माता छवि र नायीका शिल्पाको बिबाह दर्ताको प्रमाण पत्र जेठी श्रीमतीले फेला पारेपछी सोहीको आधारमा जेठी श्रीमती हेमा ओझाले आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा मुद्दा दर्ता गराएकी थिइन् ।
सोहि मुद्दा माथि प्रहरीले छानवीन गरि दुवैलाई बहुविवाहको उजुरीको आधारमा बुधबार पक्राउ पुर्जी जारी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले पुष्टि गरेको छ ।
उजुरीमा हेमाले आफूहरूबीच २०४१ सालमा विवाह भएको उल्लेख गरेकी छन् । पछिल्लो समयमा नायिका शिल्पा पोखरेलसँग निर्माता छविको खटपट भएपछि घरेलु हिंसा विरूद्ध शिल्पाले छविबिरुद्ध मुद्दा हालेकी थिइन्।
नयाँ मुलुकी संहिताअनुसार बहुविवाह गर्ने पुरूष र थाहा पाएर पनि विवाहित पुरुषसँग विवाह गर्ने महिलालाई १ देखि पाँच वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ । छवि र शिल्पाबीचको घरायसी विवाद बढ्दै जादा प्रहरी मिडिया हुदै बहुविवाहको कारण जेलको बास हुने सक्ने बताइएको छ ।
‘लज्जा’ चलचित्रबाट पोखरेललाई ओझाले नै चलचित्रको नायिकामा ल्याएका थिए । अभिनेत्री रेखा थापासँग सम्बन्धविच्छेदपछि ओझाले पोखरेलसँग विवाह गरेका थिए ।