arrow

केरूङ पास लिने १० हजार नाघे

logo
ज्ञानेन्द्र न्यौपाने,
प्रकाशित २०७६ साउन ८ बुधबार
kerung-Border.jpeg

केरूङ । नेपाल चीन सीमाको केरूङसम्म जान पाइने सीमा परिचयपत्र लिने रसुवाली दश हजार नाघेका छन् । अध्यागमन कार्यालय रसुवाका अनुसार  हालसम्म परिचयपत्र लिनेको सङ्ख्या १० हजार ६३० पुगेको छ ।

 यस्तो परिचयपत्र लिनेमा  जिल्लाका उत्तरगया, कालिका, नौकुण्ड, गोसाइँकुण्ड र आकाछोदिङ्मो गाउँपालिकामा स्थायी बसोबास गरिआएका  र सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकलगायत विभिन्न जिल्लाबाट बसाइँ सरिआएका नागरिक रहेको बताइएको छ ।

सीमाक्षेत्रका बासिन्दाले अध्यागमन कार्यालयबाट प्रदान गरेको परिचयपत्रका आधारमा रसुवागढी नाकाबाट निर्बाध रूपले परिचयपत्र देखाई केरूङसम्म आवतजावत गर्नाका साथै केरूङमा बसेर व्यापार व्यवसाय समेत गरिरहेको अध्यागमन कार्यालयले जनाएको छ । परिचयपत्रको समयावधि एक वर्षसम्म बहाल रहने र एकएक वर्षमा नवीकरण गर्नुपर्ने प्रावधान रहेको बताइएको छ ।

करीब चार वर्षअघि अध्यागमन कार्यालय स्थापनापछि रसुवागढी नाकाबाट  १० हजार १९१ पर्यटक चीन प्रस्थान गरेको र १३ हजार ७० जना चीनबाट आएको बताइएको छ । बीसभन्दा बढी राष्ट्रका नागरिक ओहोरदोहोर गरेको बुझिएको छ ।  गत आर्थिक वर्षमा अध्यागमन कार्यालयले  प्रवेशाज्ञा शुल्कवापत  रु  ८६ लाख ५३ हजार  राजश्व असुली गरेको तथ्याङ्क सार्वजनिक भएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ