arrow

दुष्कर्मको आरोपबाट चोखिए रोनाल्डो, क्याथरिनले दिन सकिनन् प्रमाण

logo
प्रकाशित २०७६ साउन ८ बुधबार
cristiano.jpg

काठमाडौं । फुटबल स्टार पोर्चुगलका क्रिस्टियानोले अब बलात्कारको आरोपको सामना नगर्ने भएका छन् । यसको पुष्टि सरकारी वकिलले गरेका हुन् । यूभेन्टसका खेलाडीमाथि सन् २००९ मा क्याथरिन मेयोर्गा नाम गरेकी महिलाले लस भेगासको एक होटलमा शारीरिक उत्पीडन गरेको आरोप लगाएकी थिइन् ।

तर, लस भेगासका सरकारी वकिलले उनले यो आरोपको प्रमाण पेश गर्न नसकेकी हुन् । यसअघि सन् २०१० मा मेयोर्गाले रोनाल्डोसँग अदालतभन्दा बाहिर नै यो मुद्दा सुल्झाएको बताएको थियो । तर, पीडितले ह्यासट्याग मीटू अभियानबाट प्रेरित भएर पुनः रोनाल्डोको वास्तविकता सार्वजनिक गर्ने फैसला गरेकी थिइन् ।

अदालतभन्दा बाहिर भएको यो सम्झौताअनुसार मेयोर्गाले आफ्नो पहिचान लुकाएर राखेकी थिइन् । यसका लागि उनले ३ लाख ७५ हजार डलर भुक्तानी लिएकी थिइन् ।

सन् २००९ मा लस भेगासको एक होटलमा रोनाल्डोले उनका साथमा दुष्कर्म गरेको उनले आरोप लगाएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ