arrow

थप व्यापारिक प्रतिबन्ध नलगाउन जापानलाई दक्षिण कोरियाको आग्रह

logo
प्रकाशित २०७६ साउन ८ बुधबार
japan-south-korea.jpg

काठमाडौं । दक्षिण कोरियाले जापानलाई थप प्रतिबन्ध नलगाउन आग्रह गरेको छ । जापानले दक्षिण कोरियालाई कुनै व्यापारिक सुरक्षा जोखिम नरहेका मुलुकको सूची ह्वाइट लिस्टबाट हटाउने तयारी गरिरहेको छ ।

कोरियालाई जापानले दक्षिण कोरियालाई आर्थिक तथा सुरक्षाको सहकार्यका लागि कठिन रहेको मुलुकको रुपमा राखेको छ । साथै उसले दक्षिण कोरिया निर्यात हुने उच्च प्रविधिका सामग्रीमा रोक लगाएको छ ।

जापानले गत साता दक्षिण कोरियालाई ह्वाइट लिस्टबाट हटाउने चेतावनी दिएको थियो । यो सूचीमा रहेका मुलुकमा निकै कम मात्र व्यापारिक रोक लगाइने गरेको छ । यो सूचीबाट बाहिरका मुलुकमा निर्यातको लागि निर्यातकर्ताले जापानको विशेष अनुमति लिनुपर्ने हुन्छ ।

अहिले जापानको ह्वाइट लिस्टमा जर्मनी, दक्षिण कोरिया बेलायतदेखि अमेरिकासम्मका मुलुक छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ