arrow

बैंकबाट पीडित भएका सेवाग्राहीहरुलाई राहत, बैंकविरुद्धको गुनासो सुन्न छुट्टै ईकाई

logo
प्रकाशित २०७६ साउन ८ बुधबार
monitery-policy1.JPG

काठमाडौं । बुधबार सार्वजनिक गरिएको मौद्रिक नीतिमा कुनै ग्राहक मैत्री त कुनै बैंक तथा वित्तीय संस्था मैत्री व्यवस्थाहरु लागू गरिएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिले बैंकबाट पीडित भएका सेवाग्राहरुहरुको लागि नयाँ व्यवस्था गरेको छ । 

नयाँ मौद्रिक नीति अनुसार वित्तीय सेवाका ग्राहकको हित संरक्षणको लागि वित्तीय ग्राहक संरक्षण सम्बन्धी कार्यविधि तयार गरी निक्षेपकर्ता र ऋणीको गुनासो व्यवस्थापन गर्दै वित्तीय क्षेत्रप्रति सर्वसाधारणको विश्वास अभिवृद्धि गर्न राष्ट्र बैंकमा वित्तीय ग्राहक संरक्षण इकाई स्थापना गरिने उल्लेख छ । 

अहिलेसम्म यस्तो कुनैपनि निकाय नहुँदा बैंकहरुले सेवाग्राहीहरुलाई अनावश्यक नियम देखाएर दुख दिँदै आएका थिए । राष्ट्र बैंकको नीति अनुसार सो काम हुन नसक्ने भन्दै नियमित सेवामा समेत बैंकहरुले सेवाग्राहीहरुलाई दुख दिने गरेका गुनासाहरु आउने गर्दछन् ।

त्यस्तै, कतिपय सेवाहरु जानकारी विना नै नवीकरण गर्ने, एउटा खाताको पैसा अर्कै खातामा ट्रान्सफर गर्ने जस्ता समस्याबाट सेवाग्राहीहरु पीडित हुने गरेका छन् । यो ईकाईको गठनपछि बैंक तथा वित्तीय संस्थाहरुमा भोग्नुपरेका समस्याहरुको गुनासो राष्ट्र बैंकको सो ईकाईमा गर्न सकिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ