arrow

बोरिस जोनसनको मन्त्रीमण्डलमा भारतीय र पाकिस्तानी मुलकालाई गृह र अर्थमन्त्रीको जिम्मा

logo
प्रकाशित २०७६ साउन ९ बिहिबार
boris-cabinet.JPG

काठमाडौं । इंगल्याण्डमा सत्ताधारी कन्जरभेटिभ पार्टीको नयाँ नेता चुनिएका बोरिस जोनसनले प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरेका छन् ।

Britain's new Prime Minister Boris Johnson waves to the media scrum outside Number 10 ahead of his brutal Cabinet bloodbath which began on Wednesday evening and ran late into the night

बकिङघम दरबारमा बुधबार महारानी एलिजावेथ द्वितीयालाई भेटेपछि प्रधानमन्त्री कार्यालय तथा निवास टेन डाउनिंग स्ट्रिटमा फर्किएर जोनसनले देशवासीका नाममा सम्बोधन गर्दै मन्त्रीमण्डल पनि विस्तार गरेका छन् । 

ब्रिटेन

यसअघि टेरिजा मे बकिङहम प्यालेसमा गएर औपचारिक रुपमा महारानी एलिजाबेथ द्वितीयालार्इ राजीनामा बुझाएकी थिइन् ।

Mr Johnson (pictured in Downing Street today) has laid down a marker by appointing maverick Vote Leave chief Dominic Cummings as a top adviser

जोनसनले युरोपेली संघबाट ब्रिटेनको बहिर्गमनका लागि नयाँ सम्झौता गर्ने र युरोपसँगको भावी सम्बन्ध खुला व्यापार र आपसी सहयोगमा केन्द्रीत बनाउने उल्लेख गरेका छन् । 

उनले आगामी ३१ अक्टोबर भित्र यूके युरोपेली संघबाट अलग भइसक्नेमा आफू विश्वस्त रहेको पनि बताए।

मन्त्रीमण्डल 
उनको मन्त्रीमण्डलमा ब्रेक्जिट समर्थकहरुले बढी स्थान पाएका छन् । मन्त्रीमण्डलको बरिष्ठ पदमा महिलाहरूको संख्या बढाउनुका साथै जातीय अल्पसंख्यकहरूको सहभागितामा पनि वृद्धि गरेका छन् । Priti Patel

इंगल्याण्डको इतिहासमै सबैभन्दा विविधता रहने मन्त्रीमण्डलमा भारतीय मुलकी प्रीति पटेललाई गृहमन्त्री र पाकिस्तानी मुलका साजिद जावेदलाई अर्थमन्त्री नियुक्त गरिएको छ ।

Sajid Javid

यस्तै डोमनिक राव परराष्ट्र एवं विदेश मन्त्रीमा नियुक्त भएका छन् । 

प्रधानमन्त्री जोनसनका भाइ जो र ज्याकोब रिज–मग पनि मन्त्रीमण्डलमा समेटिएका छन् ।  त्यसैगरी  आलोक शर्मा, ऋषि सुनक तथा कुलवीर रागड़लाई  अवसर मिल्‍नेछ।

The new Leader of the House of Commons Jacob Rees-Mogg beamed as he entered the black door of Downing Street on Wednesday night

Baroness Evans

Dom Raab

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ