arrow

दक्षिणको सैन्य अभ्यासले भड्कियो उत्तर कोरिया, दुईओटा मिसाइल प्रक्षेपण

logo
एजेन्सी
प्रकाशित २०७६ साउन ९ बिहिबार
north_korea1.jpg

काठमाडौं । दक्षिण कोरियाले दुई ओटा छोटो दूरीको मिसाइल प्रक्षेपण गरेको छ । दक्षिण कोरियाले दिएको जानकारी अनुसार उसले समुद्रमा उक्त मिसाइल प्रक्षेपण गरेको हो ।
  
बिहीवार सबेरै गरिएको उक्त प्रक्षेपणमा मिसाइलले ४ सय ३० किलोमिटर पर खसेको थियो । उक्त मिसाइल ५० किलोमिटरसम्मको उचाइमा पुगेको थियो । यो मिसाइल जापानको समुद्रमा खसेको हो । 

आगामी महीना दक्षिण कोरिया र अमेरिकाको बीचमा हुन गइरहेको संयुक्त अभ्यासको तयारीको अवस्थामा उत्तर कोरियाले यस्तो कदम चालेको हो । 

उत्तर कोरियाले यसले निशस्त्रीकरणको अमेरिकासँग जारी वर्तामा पनि असर पर्ने चेतावनी दिएको थियो । बिहीवार बिहान स्थानीय समयअनुसार ५ बजेर ३४ मिनेटमा पहिलो मिसाइल प्रक्षेपण गरिएको थियो भने दोस्रो ५ बजेर ५७ मिनेट जाँदा प्रक्षेपण गरिएको थियो । 

दक्षिण कोरियाली अधिकारीले अहिले उत्तर कोरियाले प्रक्षेपण गरेको मिसाइल केएन–२३ हुनसक्ने बताएका छन् । यसले न्युक्लियर हतियारजस्ता सामग्री बोक्न सक्छ । 
दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तर कोरियालाई यस किसिमको गतिविधि रोक्नका लागि आग्रह गरेको छ । साथै उसले यस किसिमको गतिविधि तनाव घटाउन असहयोगी साबित हुने उल्लेख गरेको छ । 

जापानको रक्षा मन्त्रालयले उत्तर कोरियाले प्रक्षेपण गरेको मिसाइल आफ्नो समुद्रमा नआएको बताएको छ । साथै अहिले तत्कालको लागि त्यसले आफ्नो राष्ट्रिय सुरक्षामा कुनै किसिमको असर नपर्ने जापानको भनाइ छ ।

आगामी जुलाईबाट उत्तर कोरिया र अमेरिकाको बीचमा निशस्त्रीकरणबारे वार्ता हुनसक्ने बताइएको थियो । तर, यसले उक्त वार्ताको विषयमा आशंका पैदा भएको छ । गत वर्ष उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उन र अमेरिकी राष्ट्रपति डोनालड ट्रम्पको बीचमा भेटवार्ता भएको थियो । सो वार्तापछि उत्तर कोरियाले आफ्नो मिसाइल प्रक्षेपण रोक्दै आएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ