arrow

७३७ म्याक्सको उत्पादन अस्थायीरुपमा बन्द गर्दै बोइङ

logo
एजेन्सी
प्रकाशित २०७६ साउन ९ बिहिबार
boeing737max.jpg

काठमाडौं । अमेरिकी विमान निर्माता बोइङले आफ्नो ७३७ म्याक्स मोडलको उत्पादन गर्न सकिने बताएको छ । बुधवार कम्पनीका सीईओ डेनिस मुइलेन्वर्गले लगानीकर्तालाई उक्त मोडलको उत्पादन थप कटौती गरिने वा अस्थायीरुपमा रोकिनसक्ने चेतावनी दिएका हुन् । 

बोइङले आफ्नो सबैभन्दा राम्रो व्यापार गर्न सफल विमान ७३७ म्याक्स विमानको उत्पादन पछिल्लो समय घटाइरहेको छ । गत मार्चको मध्ययता बोइङको उक्त मोडलको विमानको उडान विश्वभर रोकिएको छ । 

बोइङ यस वर्षको अन्तिमसम्म विमान उडाउनको लागि अनुमति मिल्ने आशामा छ । यदि बोइङको विमानलाई उडानको अनुमति दिन थप ढिलाइ भए कम्पनीले विमान उत्पादन बन्द गर्ने कम्पनीका सीईओले बताएका हुन् । 

बोइङको चाहना उत्पादन बन्द गर्नु नरहेको तर आफूहरु त्यसका लागि तयार रहनुपर्ने उनले बताएका हुन् । अहिलेसम्म बोइङले कहिलेबाट उक्त विमान उडाउनको लागि अनुमति पाउने भन्ने विषयमा पनि स्पष्ट हुन सकेको छैन । आगामी अक्टोबरबाट यो विमानले पुनः उडानको लागि अनुमति पाउनेछ । 

यो विमानमा देखिएको समस्याको कारण बोइङको यस वर्षको दोस्रो त्रैमासको नोक्सानी पनि ३ अर्ब ७० करोड डलर पुगेको छ । साथै सो मोडलमा देखिएको समस्याको कारण कम्पनीको उत्पादन शुल्क पनि १ अर्ब ७० करोड डलर पुगेको छ । कम्पनीले यसअघि नै आफ्ना लगानीकर्तालाई ५ अर्ब डलर क्षतिको खर्च लाग्ने बताइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ