arrow

भारतीय क्रिकेट टोलीले ओप्पोको लुगा नलगाउने

logo
प्रकाशित २०७६ साउन ९ बिहिबार
india-cricket-win.jpg

काठमाडौं । भारतीय क्रिकेट टोलीको मुख्य प्रयोजक चिनियाँ कम्पनी ओप्पोले आफ्नो प्रायोजन जारी नराख्ने भएको छ । यस्तोमा भारतीय टोलीलाई भारतीय ब्राण्डले प्रयोजन गर्ने स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

आगामी सेप्टेम्बर महीनामा दक्षिण अफ्रिकाविरुद्धको सेरिजमा भारतीय टोली नयाँ प्रायेजकका साथमा मैदानमा उत्रिनसक्ने बताइएको छ । प्रतिवेदनमा उल्लेख गरिएअनुसार ओप्पोको स्थानमा भारतीय टोलीको प्रयोजन भारतका बेंगलुरुमा रहेको बायजू कम्पनीले गर्नेछ ।

बायजू शिक्षा क्षेत्रसँग जोडिएको कम्पनी हो । यो कम्पनीले अनलाइन पढाइका साथै ट्युशनको लागि पनि चर्चित छ । अहिलेसम्म यसको प्रचार टीभी र डिजिटल माध्यममा मात्र देखिँदै आएको थियो ।

ओप्पोले सन् २०१७ मा पाँच वर्षका लागि भारतीय टोलीको प्रयोजनको अधिकार पाएको थियो । तर, उसले अहिले यो अधिकार बायजूलाई प्रदान गरेको हो । ओप्पोले यो अधिकार १० अर्ब ८० करोड भारुमा खरीद गरेको थियो ।

ओप्पोलाई यो सम्झौता महँगो साबित हुँदै आएको थियो । ३ अगष्टदेखि शुरु हुन गइरहेको टी२० र वानडे तथा टेस्ट सिरिजमा भने भारतीय टोली ओप्पोको लोगो भएको जर्सीमा देखिनेछ । तर, दक्षिण अफ्रिकासँगको खेलमा भने प्रयोजक बदलिनेछ ।
 
कुनै पनि द्विपक्षीय सिरिजमा ओप्पोले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)लाई ४ करोड ६१ लाख भारु दिँदै आएको छ । यस्तोमा आईसीसीको प्रतियोगितामा भने एक खेलको लागि १ करोड ५६ लाख भारु दिँदै आएको छ । यो रकम अब बायजूले तिर्नेछ । यो सम्झौता ३१ मार्च २०२२ सम्मको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ