arrow

भारतलाई अन्तरिक्षमा चुनौती दिने पाकिस्तानको तयारी

logo
प्रकाशित २०७६ साउन ९ बिहिबार
Christer-Fuglesang.jpg

इस्लामावाद (पाकिस्तान) । पाकिस्तानले सन् २०२२ सम्म अन्तरिक्षमा वैज्ञानिक पठाउने लक्ष्य राखेको छ । बिहीवार पाकिस्तानले आगामी वर्षबाट त्यसका लागि उपयुक्त उम्मेदवारको खोजी गरिने बताएको छ ।

 भारतले सन् १९८४ मा सोभियत संघको मिसनमा आफ्ना वैज्ञानिकलाई अन्तरिक्षमा पठाएको थियो । साथै सोमवार उसले चन्द्रमामा पानीको खोजका लागि रकेट प्रक्षेपण गरेको छ ।

पाकिस्तानले स्याटेलाइटबाट नेटवर्क सञ्जाल विस्तार गरिरहेको अवस्थामा केही पृथक योजना अघि सारेको हो । पाकिस्तानका विज्ञान तथा प्रविधिमन्त्री फवाद हुसेन चौधरीले यो पाकिस्तानको इतिहासमा सबैभन्दा ठूलो घटना हुने बताए ।

उनले आगामी फेब्रुअरीबाट उम्मेदवार छनोटको काम शुरु हुने उनको भनाइ थियो । पाकिस्तानको राष्ट्रिय अन्तरिक्ष एजेन्सी सुपार्को सन् १९६१ मा स्थापना गरिएको थियो । स्थापनाको ५० वर्षमा चिनियाँ एरोस्पेस एण्ड टेक्नोलोजी कर्पोरेशनको सहयोगमा यसले पहिलो स्याटेलाइट प्रक्षेपण गरेको थियो । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ