arrow

बिद्यार्थी नेतृ स्वस्तिकाको निधनले कांग्रेस शोकाकुल (बिज्ञप्ति)

logo
प्रकाशित २०७२ चैत १५ सोमबार
nc-flag.jpg.jpeg
काठमाडौ। नेपाली कांग्रेसकी पूर्व महासमिति सदस्य तथा पद्मकन्या क्यापसकी स्ववियु सभापति लालकुमारी पोख्रेल (स्वस्तिका) को सडक दुर्घटनामा निधन भएकोमा नेपाली कांग्रेसले दुख ब्यक्त गरेको छ। उनको सोमबार बिहान बाराको अमलेजगन्जमा सवारी दुर्घटनामा मृत्यु भएको हो।
स्व पोख्रेलले लोकतान्त्रिक आन्दोलनमा अग्रणी निर्वाह गरेको र उनको निधनले एक कुशल बिद्याथी नेता गुमाउनु परेको नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवाद्वारा हस्ताक्षरित बिज्ञप्तिमा जनाइएको छ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ