arrow

एनआईसी एशिया ग्रोथ फण्डको नगद लाभांश घोषणा

logo
प्रकाशित २०७६ साउन १० शुक्रबार
nic_asi.jpg

काठमाडौं। एनआईसी एशिया क्यापिटल लिमिटेडको शुक्रवार बसेको संचालक समितिको ६१औं बैठकले आर्थिक वर्ष २०७५/०७६ का लागि एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित पहिलो योजना “एनआईसी एशिया ग्रोथ फण्ड”  का शेयरधनीहरुलाई १० प्रतिशतका दरले हुन आउने रकम ८ करोड ३५ लाख २० हजार नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

एनआईसी एशिया क्यापिटलले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको दोश्रो योजना “एनआईसी एशिया ब्यालेन्यड् फण्ड” को प्रति शेयर मूल्य रु. १० का दरका १२ करोड ५० लाख शेयर यही श्रावण ८ गतेदेखि निष्कनशन तथा बिक्री खुल्ला गरेको जनाएको छ । उक्त ब्यालेन्सड् फण्डको इकाई खरिद गर्नको लागि प्रचलित सामूहिक कोष नियमावली एवं निर्देशिकाको अधिनमा रही नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र जारी भएका व्यक्ति, प्रचलित कानून बमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरु जस्तै सञ्चय कोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष आदिले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ