arrow

राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुको व्यापक सरुवा

logo
प्रकाशित २०७६ साउन १० शुक्रबार
NRB.JPG

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुको व्यापक सरुवा भएको छ । शुक्रबार मानव संशाधन विभागका कार्यकारी निर्देशक पिताम्बर भण्डारीद्वारा जारी सूचनामा कायम मुकायम कार्यकारी निर्देशक बम बहादुर मिश्र सहित ९ जनालाई सरुवा गरिएको हो । 

हाल बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशकमा देवकुमार ढकाल बैंक तथा वित्तीय संस्था नियमन विभागमा सरुवा भएका छन् । यस अघि ढकाल भुक्तानी विभागमा कार्यकारी निर्देशकका रुपमा थिए । अहिलेका नियमन विभागका कामु कार्यकारी निर्देशक मिश्र भुक्तानी विभागमा पुगेका छन् ।

अर्काे तर्फ बैंक सामान्य सेवा विभागका कार्यकारी निर्देशक ऋषिकेश भट्ट विकास बैंक सुपरिवेक्षण विभागमा आएका छन् । उक्त विभागमा कार्यरत भुवन कँडेल आन्तरिक लेखा परीक्षण विभागमा सरुवा भएका छन् । भट्ट यसअघि वित्त कम्पनी सुपरिवेक्षण विभागमा कार्यरत थिए । राष्ट्र ऋण व्यवस्थापनमा निलम तिमिल्सिना आएकी छन् । उनी यसअघि आन्तरिक लेखा परिक्षण विभागमा थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ