arrow

पत्रकार महासङ्घको बैठकमा कालो झन्डा प्रदर्शन

logo
प्रकाशित २०७२ चैत १५ सोमबार
FNJ-logo.jpg.jpeg
बनेपा। काभ्रेपलाञ्चोकका क्रियाशील पत्रकारले एक दशकदेखि सदस्यता नपाएको विरोधमा आज धुलिखेलमा कालो झन्डासहित विरोध प्रदर्शन गरेका छन् ।
 
नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको धुलिखेलमा जारी बैठकमा सदस्यता नपाएको भन्दै क्रियाशील पत्रकार सङ्घर्ष समिति काभ्रेपलाञ्चोकका संयोजक दिनेश घिमिरेको नेतृत्वमा पत्रकारले बैठकस्थलमै कालोपट्टीसहित नाराबाजी गर्दै केहीबेर बैठक अवरुद्घ गरेका थिए ।
 
आइतबारदेखि धुलिखेलमा चलिरहेको प्रेस काउन्सिल नेपाल र पत्रकार महासङ्घ केन्द्रीय कार्यसमितिको संयुक्त बैठकमा पत्रकार आचारसंहिताको विषयमा छलफल भइरहेको छ ।
 
संयुक्त बैठकले पत्रकारको संशोधित नयाँ आचारसंहितासमेत जारी गर्ने बताइएको छ । सो अवसरमा अध्यक्ष डा महेन्द्र विष्टले सोही बैठकबाट काभ्रेका क्रियाशील पत्रकारको सदस्यताको विवाद अन्त्य गर्ने जनाउ दिएपछि पत्रकारले नाराबाजी गर्न छोडेका थिए । रासस



नयाँ