arrow

वित्तीय क्षेत्रमा नेतृत्वको सम्भावना भएकाहरुलाई फियुनले दियो तालिम

logo
प्रकाशित २०७६ साउन १० शुक्रबार
fieun-training.jpg

काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियुन) ले वित्तीय क्षेत्रमा कार्यरत रही कर्मचारीहरुको नेतृत्व गर्नसक्ने सम्भावना रहेकाहरुलाई दुईदिने तालिम दिएको छ । साउन ८ र ९ गते राजधानीमा फियुनसँग आवद्ध ४५ वटै वित्तीय संस्थाका प्रतिनिधिहरुलाई तालिम दिईएको फियुनका अध्यक्ष पदमराज रेग्मीले जानकारी दिए । 

कलेक्टिभ बार्गेनिङ एण्ड अर्गनाईजिङ भन्ने विषयमा तालिम दिईएको हो । कुनैपनि संस्थामा कार्यरत कर्मचारीहरुको सेवा सुविधाहरुको विषयमा ट्रेड युनियनको तर्फबाट व्यवस्थापनसँग मागदाबी पेश गर्ने तरिका, यसको प्रक्रियाहरु र कानूनी व्यवस्थाको विषयमा पनि तालिममा जानकारी दिईएको थियो । 

त्यस्तै, व्यवस्थापनसँग छलफलको टेबुलमा बस्दा आफ्ना मुद्दाहरुलाई व्यवस्थापनसामु पेश गर्ने सीप, त्यस्ता माग पूरा गर्नको लागि गर्नुपर्ने रणनीतिक मुद्दाहरु लगायतको विषयमा समेत जानकारी दिईएको छ । कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्र कुवर, युनि नेपालका अध्यक्ष शंकर लामिछाने, प्रदेश-३, श्रम कार्यालयका प्रमुख खगेन्द्र बस्नेत,फियनका अध्यक्ष पदमराज रेग्मी,चार्टर्ड एकाउन्टेन्ट राजु पौडेल र फियनका उपाध्यक्ष पुर्ण बहादुर थापाले प्रशिक्षण दिएका थिए । 

विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, कर्मचारी सञ्चयकोष लगायतका ४५ वटा संस्थाबाट फियुनको सदस्यता लिएकाहरु सो प्रशिक्षणमा प्रशिक्षार्थीको रुपमा थिए । फियुनले मूलभूत रुपमा संगठन विस्तार गर्ने, नेतृत्वको विकास गर्ने र नेतृत्वको क्षमता अभिवृद्धि गर्ने उद्देश्य सहित यो कार्यक्रमको आयोजना गरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ